महाभारत युद्धमा पाण्डवहरुको जितको श्रेय भगवान कृष्णलाई जान्छ । निकै कमलाई थाहा छ, महाभारतमा एक यस्ता योद्धा थिए जो कुरुक्षेत्रमा आएका भए कौरव–पाण्डव दुवै पक्षको सबै योद्धा मारिने थिए, यदि उनी जिवित रहेका भए । यी योद्धासँग भगवान शिवको वरदान थियो, तर कृष्णले उनलाई युद्धमा आउनबाट रोकेका थिए । जान्नुहोस्, को थिए ति योद्धा ।

‘बर्बरिक’ उनको नाम, भिमका पुत्र घटोत्कचका पुत्र थिए । उनी एक शक्तिशाली र पराक्रमी थिए । उनले कठोर तपस्याबाट भगवान शिवलाई प्रसन्न गरेर तीन अजेय बाण लिएका थिए साथै अग्नि देवले उनलाई एक दिव्य धनुष पनि दिएका थिए । र्बबरिकले युद्ध गर्ने कला आफ्नी आमाबाट सिकेका थिए । उनले आमालाई युद्धमा कमजोर पक्षको तर्फबाट युद्ध गर्ने वचन दिएका थिए ।

यदि बर्बरिक महाभारत युद्धमा भाग लिएका भए अवश्य आफ्ना पिता भीमको पक्षबाट लड्थे, तर जब कौरवहरु कमजोर हुनथाल्थे उनी कौरवसँग मिल्थे । आफ्नो पराक्रमबाट पाण्डवहरुलाई कमजोर बनाएपछि उनी फेरि पाण्डव तर्फ लाग्थे । यसरी आफू तथा शत्रु दुवै पक्षको नाश गर्ने थिए ।

पाण्डवलाई युद्ध जिताउँन श्रीकृष्णले बर्बरीकलाई उनको सिर दानमा मागेका थिए । बर्बरिकले आफ्नो सिर दानमा दिएबापत उनले पूरा युद्ध आफ्नो आँखाले हेर्न सक्ने दिव्य दृष्टि मागेका थिए । भगवान कृष्णले उसको सिरलाई एक अग्लो पहाडमा राखिदिए र बिना शरीरको सिरलाई दिव्य दृष्टि पनि प्रदान गरेका थिए ।