हिन्दु धर्ममा प्रमुख देवता मानिने ‘त्रीमूर्तीदेव’- ब्रह्मा, विष्णु, महेश्वर लाई क्रमैसँग सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको संज्ञा दिइन्छ। वृहदउपनीषदका अनुसार, यी तीन महादेवताहरू ब्रह्माण्डको उत्पत्तीसँगै उत्पन्न भएका विशाल र भयङ्कर शक्तिका प्रकटित रूप हुन्। ब्रह्मा त्यस्तो ब्रह्माण्डिय शक्ति हो, जसले यो संसारको सृष्टिमा महत्वपूर्ण भूमीका खेलेको हुन्छ। विष्णु यस्तो शक्ति हो, जसले संसारमा जीव, प्राणी र अन्य सृष्टिका रूपहरूलाई बाँच्नको लागि उपयुक्त वातावरण पैदा गराउँदछ। जस्तै; जल, वायु, धर्ती, आकाश र अग्नी- त्यसैले नै विष्णुलाई ‘वासुदेव’को उपसंज्ञा पनि दिइन्छ। महेश्वर यस्तो शक्तिको रूप हो जसले संसारको विनाशको लागि भूमीका खेल्दछ।Lord Vishnu's Narshimha Avatar (3)

हिन्दु धर्ममा यी तीनै देवताहरूको अथाह गान गाइन्छ। जबजब धर्तीमा अधर्मले बास गर्न थाल्छ, तब तब स्वयं विष्णु भगवान अधर्मलाई नाश गर्न धर्तीमा जन्म लिएर आउँछन्- श्रीमद्भागवतगीतामा यसरी नै नारायणको महिमा गाइएको छ।

विष्णुको नृसिंह अवतार र क्रोध

यसै सन्दर्भमा हिन्दु धर्मका ग्रन्थहरूमा एउटा रोचक कथाप्रसङ्ग उल्लेख गरिएको छ, जसमा विष्णुले झण्डै संसारलाई ध्वस्त बनाइदिएका थिए-

विष्णुभक्त प्रह्लादका पीता राजा ‘हिरण्यकश्यपू’ अति दुष्ट थिए। उनले धर्मको नियमलाई उल्लङ्घन गरेर संसारलाई आफ्नो वशमा पार्न खोजेका थिए। प्रह्लादले आफ्नै पीतालाई अधर्मको बाटो नहिँड्नुहोस् नत्र विनाशले लखेट्नेछ भन्दा हिरण्यकश्यपूले उल्टो सबै देवहरूको अपमान गरी आफ्नो मर्यादाभन्दा बाहिर पाइला टेक्ने प्रयन्त गर्न थाले।Lord Vishnu's Narshimha Avatar (1)

उनको यस्तो अधर्मी व्यवहार देखेर स्वयं विष्णु भगवान नै नृसिंह अवतार लिएर राजा हिरण्यकश्यपूको दरबारमा उत्पन्न भए र उसको वध गरे। नृसिंह अवतार विष्णु भगवानको चौथो अवतार हो, जसको टाउको सिंहको र शरीर भीषण मानिसको थियो।Lord Vishnu's Narshimha Avatar

तर हिरण्यकश्यपूको वध गरेर पनि नृसिंहको क्रोध शान्त हुन सकेन। अथाह शक्तिलाई नियन्त्रण गर्न नसकी विष्णु भगवान आफ्नै अवतारमा विलीन हुन गए र यो संसारलाई नै आफ्नो क्रोधको सिकार बनाउन खोजे। विष्णु भक्त प्रह्लादको प्रार्थना र भक्तिले पनि नृसिंह अवतारलाई शान्त बनाउन सकेन। तब तीनै लोक विष्णु भगवानको यस्तो क्रोध देखि भयभीत भएर भगवान शिवको प्रार्थना गर्न लागे।Lord Vishnu's Narshimha Avatar (1)

शिव भगवानले सुरुमा आफ्ना प्रमुख सेना ‘भैरव’ र ‘वीरभद्र’लाई पठाए। तर नृसिंह एकदमै शक्तिशाली थियो, उसको शक्तिको अगाडि कसैको तागत चल्थेन। वीरभद्रलाई नृसिंहले मार्नै लाग्दा भगवान शिवले आफ्नो परमशक्तिको अवतार लिएर त्यहाँ प्रकट भए, जसलाई ‘सर्वेश्वर अवतार’ भनिन्छ।Lord Shiva's Sarveshwara Avatar (2)

भगवान शिवको यो ‘सर्वेश्वर अवतार’ अझसम्मकै सबैभन्दा शक्तिशाली अवतार मानिन्छ, जसको अगाडि स्वयं महाकाली अवतारको पनि डिग चल्थेन। फरक यत्ति हो कि, महाकाली अवतारलाई शिवले नियन्त्रण गर्न सक्थेनन्।

पुराणहरूमा उल्लेख गरिएअनुसार, शिवको सर्वेश्वर अवतारका सहस्त्र भुजा (१००० हात) थिए, सिंहको टाउको थियो र सहस्त्र कोष लामो जटा (कपाल) थियो। अष्टपद (८ वटा खुट्टा) र अष्टपङ्ख (८ पँखेटा) धारण गरेको शिवजीको एक पाइलामा पृथ्वीको आधा भाग ध्वस्त हुने शक्ति थियो।Lord Shiva's Sarveshwara Avatar (1)

भगवान विष्णुको नृसिंह अवतार र शिवको सर्वेश्वर अवतारको अब घमासान युद्ध चल्न थाल्यो, तीनै लोक कम्पायन हुन थाल्यो। यी दुवै परमशक्तिको टक्करको कम्प दुई ब्रह्माण्ड ठोक्किएको कम्प भन्दा चर्को हुन थाल्यो। अन्त्यमा सर्वेश्वर अवतारले आफ्नो अष्टपद र सहस्त्र भुजाले नृसिंहलाई समातेर पँखेटाको सहारा लिई तीनैलोकबाट पर अर्कै ब्रह्माण्डमा लगेर पछारिदिए, जसको कारण नृसिंह अवतार बेहोस् भए। यहि मौका छोपी सर्वेश्वरले नृसिंहको टाउको काटेर विष्णुलाई त्यहाँबाट बाहिर निकालेर वैकुण्ठमा पठाइदिए।

यसै कथाबाट नै हिन्दु धर्ममा भगवान शिवलाई ‘सर्वेश्वरमूर्ती’ भनेर पनि चिनिन्छ।
यो पनि हेर्नुहोस्-
विष्णुको सवारी गरुड- तर सर्वशक्तिमान भगवानलाई किन चाहियो सवारी?
शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन? यस्तो छ कथाप्रसङ्ग
मृत्युपश्चात के हुन्छ? गौतम बुद्धको रोचक कथाप्रसङ्ग
‘भगवान श्रीकृष्ण भक्तको मद्दतको लागि आफै किन पुग्छन्?’ अकबरको प्रश्न, बीरबलको मीठो उत्तर
दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा