महिला सरसफाइमा पुरुषभन्दा बढी ध्यान दिन्छन् । एक अध्ययन अनुसार महिला भन्दा पुरुष आफ्ना भित्री वस्त्रलाई लिएर बढी फोहोरी हुन्छन् ।  पुरुषले आफ्नो अण्डरवेयर धेरै दिनसम्म परिवर्तन नगर्ने अध्ययनले देखाएको हो।

इन्टरनेटमा गरिएको अनुसन्धानमा १८ प्रतिशत पुरुषले मात्र सफा तथा धोएको अन्डरवेर लगाउने गरको पाइएको छ  । जहाँ ९३ प्रतिशत महिलाले एकपटक लगाएको अन्डरवेर धुने गरको पाइयो  । सर्बेक्षणमा सहभागी पुरुषले नधोएको एउटै अन्डरवेर धेरै दिनसम्म लगाइराख्ने दावी गरेका थिए । साथै उनीहरुले अल्छीपनाले अन्डरवेर, मोजा, वेडसिट सफा नगर्ने बताएका थिए ।

पुरुषले आफ्नो ओेछ्यानको कभर र मोजा पनि एक वा दुई महिनामा एक पटक मात्र धुने गरेको समेत सर्वेक्षणबाट थाहा भएको छ । जबकि महिलाले हप्तामा कम्तीमा एकपटक आफ्नो बेडकभर धुने गर्दछन् ।