१२ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगाणनाका क्रममा च्यात्तिएको मतपत्र भोली सर्वाेच्च आउने भएको छ ।
जिल्लामा भएको सर्वपक्षीय छलफलमा भोली च्यातिएको मतपत्र काठमाडौं पठाउने सहमति भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध मुद्दा परेपछि सर्वोच्चले च्यात्तिएको मतपत्र झिकाएको हो । घिमिरेका अनुसार भोली विहान ७ बजे मतगणना स्थल कभर्डहलको शिल खोलेर मतपत्र पठाईने छ ।

मतपेटीकामै हालेर च्यात्तिएको मतपत्र विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । सुरक्षाकर्मीको घेराभित्र राखेर मतपत्र काठमाडौं पठाइने घिमिरेले बताए । मतपत्रसँगै मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाईएको प्रतिवेदन सँगै पठाइने जनाईएको छ ।

स्थानिय प्रशासनले मतपत्र च्यातिएको विषयमा माओवादी कार्यकर्तामाथि लगाईएको मुद्दाको फाईल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि आयोगले पठाउने छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले मुद्धाका सबैकागजात तथा प्रतिवेदनहरु प्ठाईने बताए ।

असार ६ गते सर्वाेच्चले एक साता भित्र सबै सक्कल प्रतिबेदन पेश गर्न आदेश दिएको थियो