१२ साउन, काठमाडौँ

उता, अंक पुर्याउनका निम्ति मधेशीलाई फकाएर त ल्याइयो तर तिनका माग सम्बोधन गर्नेु अर्को महाभारत हुनेछ। सबैभन्दा ठूलो घाँडो र हिजो आफ्नै दलसमेत रहेर अघिल्लो सरकारले गरेको न्यायाधीश र राजदूल नियुक्तिको प्रक्रियालाई टुंगोमा पुर्याउनमा छ। सबैलाई थाहा छ,त्यसमा छिसिक्क सानो बलमिच्याईँ भयो कि सदन चल्न सक्दैन। अविश्वासको प्रस्तावमा मतदान भए उपेन्द्र र महन्थको सशक्त साथ अत्यावश्यक हुने थियो। तर केपी ओलीले मार्गप्रशस्त गरिदिएका कारण गच्छदारलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने कि मधेशका अन्य दलसंगको सम्बन्धलाई उच्च प्राथमिकता दिएर अगाडी बढ्ने भन्ने अहं प्रश्न सामुन्ने आएको छ।

नयाँ परिस्थितिमा भारत, चीन र मधेससंगको सम्बन्धमा परीक्षाको घडी शुरु भएको छ।सेनापति कटवाल प्रकरणमा  आफैँले एउटा सानो निर्णय गर्दा सत्ता गुमेको पीडा आठ वर्षसम्म झैल्दै आएका प्रचण्डका सामु सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र पछिल्लो समीकरणको प्रमुख सूत्रधार भारतको चित्त बुझाएर अघि बढ्नैपर्ने पाइला पाइलामा बाध्यता पनि छ।

पहिलेकै रोडम्यापअनुसार चलेको दक्षिणी छिमेकीले यसबीच, घरिघरी दिल्लीबाटै जनशक्ति काठमाडौं पठाएर सरगर्मी नदेखाए पनि चिनियाँ शैलीको चिसो कूटनीति प्रदर्शन गरेकै हो। एकातिर ओलीसंग सम्बन्ध सुधारका केही बान्क प्रस्तुत गरिए भने अर्कोतिर नयाँ समीकरण निर्माणको गुप्त खेलले झन् गति लियो। जसले गर्दा परिस्थिति यति साह्रो प्रतिकूल होला भन्ने केपी ओलीले आंकलन नै गर्न भ्याएनन्। सत्ताधारी प्रमुख दलहरुको बैठक २८ गते सकेर उठ्ने बेला प्रधानमन्त्री भन्दै थिए, ‘सरकार जाला जस्तो लागेकै छैन।’ विजय गच्छदारचाहिँ ‘तीनवटै चुनाव सम्पन्न नगरी हामीले छोड्नै हुन्न’ भन्दै थिए।

भीम रावलको दाबी थियो, ‘म आफै संविधान  मस्यौदामा बसेको मान्छे। हामीले राजीनामा दिनै पर्दैन।’ संक्रमणकालिन व्यवस्थाअन्तर्गत यो संविधान लागू हुँदाको बखत बनेको सरकारलाई अर्को सरकारले बदलि गर्ने नसक्ने उनको भनाई थियो तर परिस्थिति सधैँभर कसरी एकनाशले जान्छ र! ओलीको उग्र समर्थनमा त्यसरी प्रतिक्रिया जनाउने गच्छदार न बचनको अन्तिमसम्म टिके न त एकीकरणको मुखमा पुगेको राप्रपा अडानमा रह्यो। यस्तो लाग्छ अब एमालेलाई सितिमिति सरकारमा फर्कन दिइने छैन। माओवादी, एमालेजस्ता दुई ठूला कम्युनिष्ट घटकलाई केही महिनाछि बाहिर राखे पनि राप्रपा नेपाल, मधेशी र साना दलको समर्थनमा कांग्रेसको बहुमत पुग्न सक्छ। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।