नाडी जाँचेर तपाई आफ्नो मुटुको चाल आफैँ नाप्न सक्नुहुनछ, त्यो पनि बिना उपकरण । तपाई तौल घटाउँदै हुनुहुन्छ वा मस्तिष्कको अवस्थाको बारेमा जान्न चाहानुहुन्छ भने यो तरिका उपयोगी हुनेछ । यसरी जाँच्नुहोस्, आफ्नो मुटुको ढुकढुकी :

१. चोर औला र माझी औँलाको प्रयोग गरी नाडी पत्ता लागनुहोस् – ‘रेडियल’ पल्स पत्ता लगाउनुस्। जुन तपाईको नाडीको साइडमा हुन्छ । नाडीमा जति बेलासम्म तपाई रगत बगिरहेको महशुस गर्नुहुन्न तबसम्म हल्का थिचिरहनुहोस् । यसरी थिच्दा बुढी छौला प्रयोग नगर्नुस्। बुढी औलाको आफ्नै पल्सले नाडीको पल्स पत्ता लगाउन मुस्किल हुन्छ।

त्यस्तै, तपाई टाउँकोमुनि र गर्दनको छेउमा रहेको ‘क्यारोडिट’ पल्सलाई  पनि पत्ता लागउन सक्नुहुन्छ । विस्तारै थिच्नुहोस्, जतिबेलासम्म तपाई मुटुको चाल भट्नुहुन्न । यी नाडीहरुलाई हल्का दबाएर ढुकढुकी महशुस गर्न सक्छौ ।

२. मुटुको चाललाई रेकर्ड गर्नुहोस् –

अर्को हातमा घडी हेर्नुस् । एक मिनेटमा कति पटक ढुकढुक गर्छ गन्ने प्रयास गर्नुहोस् । यो सबैभन्दा विश्वासिलो र सही पद्धति हो । यदि तपाई हतारमा हुनुहुन्छ भने १५ सेकेन्डमा कति पटक ढुकढुक गर्छ, त्यसलाई चारले गुणा गर्नुहोस् । यद्यपी, यो उपाय त्यति सही मानिदैन ।

३.सामान्य मुटुको चाल कति ? – युवा अवस्थाको मुटुको चाल एक मिनेटमा ६०देखि १०० सम्मलाई सामान्य मानिन्छ । यस्तै, बालबालिकाका लागि सामान्य मुटुको चाल एक मिनेटमा ७०देखि १२० सम्म हुनुपर्छ । यो गति कुनै व्यक्ति आराम गरेको अवस्थाको चाल हो । कुनै शारीरिक गतिवितिमा यो गति बढेर जान्छ ।

४. मुटुको चाल बलियो कि कमजोर ? – तपाईको ढुकढुकीको चाल सही तरिकाले नाप्न भने सकिँदैन तर, अनुभवको आधारमा विशेषज्ञले ‘कमजोर’, ‘बलियो’, ‘फेन्ट’, ‘बोन्डीङ’ गरी छुट्याएका छन् । यो वर्गिकरणले तपाईको मुटु र रक्तसञ्चार प्रणालीको स्वास्थ्यको संकेत गर्छ ।

५. मुटुको चालको जाँच – यदि तपाई नियमित धड्कन जाँच गर्नुहुन्छ भने ढुकढुकीबीचको फरक (घटबढ) पक्कै थाहा पाउनुहुन्छ । यदि तपाईको धड्कन दिगो छ भने यसलाई नियमित भनेर बुझ्नुहोस् । यदि तपाईको धड्कनमा घटबढ पाउनुभयो भने यसलाई अनियमित बुझ्न सकिन्छ । यस्तो अनियमित कहिले काहीँ मात्र हो भने समस्या छैन, तर लगातार अनियमित वा घटबढको स्थिति आइरहेको छ भने चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।