पौराणिक कथामा भनिएको छ, दस हजार हात्ती बराबरको बल भीमसँग थियो । यो बल उनले खाली आफ्नै बुद्धिका कारण हासिल गरेका थिए । बालक अवस्थामा पनि प्राय भीमले धृतराष्ट्रका पुत्रहरुलाई सबै खेलमा हराइदिन्थे । जसका कारण दुर्योधनको मनमा भीमप्रति नकारात्मक भावना बढ्न थाल्यो र धेरै पटक मार्ने योजना पनि बनाए ।

एक पटक दुर्योधनले मौका छोपी भीमको भोजनमा विष राखिदिए र उनलाई गंगा नदीमा बगाइदिए । नदीमा भीमलाई विभिन्न विषालु सर्पले टोके । जब भीमलाई होश आयो र उनले सर्पलाई एक–एक गरी मार्न लागे ।

सबै सर्प डराएर नागराज ‘वासुकि’ कहाँ पुगे र सबै सुनाए । वासुकिले भीमलाई सर्प नमार्न विन्ती गरे र इनाम स्वरुप शक्ति बढाउने कुण्डको रस पिउन दिए । यस रसलाई पिएपछि भीमलाई हजार वटा हात्ति बराबरको बल उत्पन्न भयो । त्यसपछि भीम नदीबाहिर निस्किए र हस्तिनापुर फर्किए ।