१८ साउन, काठमाडौं ।

नेपालमा सबैलाई थाहा छ भारत दाहिना भएन भने सत्ताको भर्‍याङ चढ्न सकिँदैन र त्यहाँ रहन पनि सकिँदैन । १० वर्ष लामो विद्रोह विसाएर प्रचण्ड चुनावी बहुमतसहित प्रधानमन्त्री बनेर ९ महिनामै सत्ता छोढ्ने बेलामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही कुराको खुलासा गरेका थिए । समय बदलिएको छ । समयको करामतलाई मान्नै पर्छ आफ्नो सरकार भारतले ढालेको भन्दै आफूले विदेशी प्रभुको खुट्टा ढोग्न नचाहेका कारण सरकार नटिकेको बताएका प्रचण्डका लागि समेत अव विदेशी प्रभु प्रतिकुल छैनन् ।

[quote_box_center]ओलीले एककोहोरो पेलेर अघि बढ्न सक्छु भन्ने पार्टी भित्र र पार्टी बाहिर विपक्षीहरुसँग देखाएको ब्यवहार भारतलाई मन नपरेको खुला सन्देश पनि मोदीले त्यतिबेला आफ्नो भनाइमा स्पष्ट दिएका थिए । सायद त्यही भनाइपछि ओलीको बोली पनि बदलियो । परिस्थिति बदलियो र सबै कुरा बदलिएको छ । भूकम्पले सबै कुरा कायापलट नै गरिदिएको छ । ओली पहिले जस्तो आक्रामक बोल्दैनन् । उनको शैली फेरिएको छ ।[/quote_box_center]

यतिबेला भने सत्तामा जानका लागि खुट्टा उचालेका छन् एमालेका अध्यक्ष केपी ओली । गत माघ ८ मा नै संविधान जारी गरेर प्रधानमन्त्री बन्ने कुरामा ढुक्क रहेका केपीलाई भनेको जस्तो हुन सकेन । सार्क सम्मेलनका क्रममा काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीर अस्पतालमा दिएको भाषणले केपीलाई सबैभन्दा टेन्सन दिएको थियो । त्यतिबेला केपी ओलीले आफ्नै पार्टी भित्रको माधव नेपाल समूह र पार्टी बाहिर एमाओदी लगायतका विपक्षीहरुलाई गन्दै नगन्ने किसिमका अभिब्यक्ति दिँदै आएका थिए । उनले माओवादी आए पनि नआएपनि संविधान माघ ८ मै बन्ने र सहमति नभए बहुमतीय आधारमा बन्ने भनेर पटक पटक अभिब्यक्ति दिएका थिए । तर उनको मुखमा मोदीले एक्कासी बुझो लगाइदिए ।

modi bhasan nepal

ओलीले एककोहोरो पेलेर अघि बढ्न सक्छु भन्ने पार्टी भित्र र पार्टी बाहिर विपक्षीहरुसँग देखाएको ब्यवहार भारतलाई मन नपरेको खुला सन्देश पनि मोदीले त्यतिबेला आफ्नो भनाइमा स्पष्ट दिएका थिए । सायद त्यही भनाइपछि ओलीको बोली पनि बदलियो । परिस्थिति बदलियो र सबै कुरा बदलिएको छ । भूकम्पले सबै कुरा कायापलट नै गरिदिएको छ । ओली पहिले जस्तो आक्रामक बोल्दैनन् । उनको शैली फेरिएको छ ।

Kp Oli face

सायद यी सबै कारणले पनि हुन सक्छ भारतीय दृष्टिले हेर्दा पनि अव ओलीप्रतिको अवधारणा पनि बदलिएको छ । प्रधानमन्त्री बन्नका लागि साउनमै संविधान जारी गर्नु पर्नेमा जोड दिइरहेका उनलाई भारतबाट पनि ग्रिन सिग्नल प्राप्त भैसकेको छ । केही समय अघि भारत गएका एमाओवादी अध्यक्ष प्रचण्ड र ओलीको २ वटा कुरामा एउटै मत छ । जुन भारतले समेत चाहेको विषय हो । भारतले भने जस्तै नेपालमा धर्म निरपेक्षता भन्ने शब्दको प्रयोग नगर्ने र छिटो भन्दा छिटो संविधान जारी गरेर राजनीतिक स्थिरता कायम गर्ने । भारतबाट फर्किएपछि प्रचण्ड र ओलीको बोली मिल्नु संयोग मात्र होइन ।

[quote_box_right]भारतीय जनता पार्टीका एक प्रमुख नेता मात्रै होइन विदेश विभाग प्रमुख जोलीको फेसबुकमा ओलीलाई अबको प्रधानमन्त्री भनेर लेखिनुले धेरै कुरा संकेत गर्दछ । दिल्लीले भित्र भित्रै ओलीलाई प्रधानमन्त्रीमा बन्न सघाउने र त्यस अनरुपको माहोल बनाइरहेको यसबाट प्रस्ट थाहा हुन्छ । [/quote_box_right]

सायद यही कुराले होला प्रधानमन्त्री सुशील कोइराला केपी ओलीसँग क्रुद्ध बनेका छन् । आफ्नो सत्ता विदाइ र ओलीको सत्तारोहण नजिकिएको संकेत बुझेका कोइरालाले ओलीविरुद्ध खुलारुपमा नै बाकयुद्ध छेडेका छन् । कतिपय एमाले नेताहरुका सामाजिक सञ्जालमा देखिएका पोष्टहरुले समेत यही कुरालाई बल पुर्‍याएको छ ।

Koirala Vs Oli 1

Koirala Vs Oli

एमालेमा ओली निकट मानिएका २ सचिव शंखर पोखरेल र प्रदीप ज्ञवालीको सामाजिक सञ्जाल प्रतिक्रिया

भारतीय सत्तारुढ दल एवं विदेशमन्त्री सुष्मा स्वराज पछिका नेपाल मामिला जानकार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख समेत रहेका प्रभावशाली नेता विजय जोलीले केपी ओलीलाई नेपालका भावी प्रधानमन्त्रीकोरुपमा चिनाएपछि भारतले ओलीको सत्ताआरोहणको चाहनालाई अनुमोदन गरिसकेको बुझ्न कठिन छैन । जोली एमालेको युवा संगठन युवा संघको एक कार्यक्रममा सहभागी हुन गत साता काठमाडौं आएका थिए ।

Vijay Jolli on KP 2 Vijay Jolli on KP

राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर उनकै शब्दमा नेपालमा भावी प्रधानमन्त्री ओलीसँग समेत भेटेका जोलीले त्यही बेलाको तस्विर पोष्ट गर्दा ओलीलाई नेपालका भावी प्रधानमन्त्रीकोरुपमा चिनाएका छन् । जोलीको फेसबुकमा ओलीसँग खिचिएका तस्विरलाई विशेष महत्व दिएर प्रकाशित गरिएको छ ।

भारतीय जनता पार्टीका एक प्रमुख नेता मात्रै होइन विदेश विभाग प्रमुख जोलीको फेसबुकमा ओलीलाई अबको प्रधानमन्त्री भनेर लेखिनुले धेरै कुरा संकेत गर्दछ । दिल्लीले भित्र भित्रै ओलीलाई प्रधानमन्त्रीमा बन्न सघाउने र त्यस अनरुपको माहोल बनाइरहेको यसबाट प्रस्ट थाहा हुन्छ । दिल्लीसंग न टाढा र नजिक जस्तो सम्बन्धमा रहेका ओलीलाई केही समय यता दिल्लीले खासै चर्चामा राखेको छैन् । आफूले जे छोएपनि नेपालमा त्यही कुरा विवादमा पर्ने बिग्रने बुझेको दिल्लीले प्रचण्ड र देउवालाई दिल्ली बोलाएर डामेको थियो भने ओलीलाई सग्लै छोडेको कतिपय विश्लेषक बताउँछन । ओलीलाई छोड्नु बरु उनका प्रतिद्न्दी माधव नेपाललाई भारत बोलाउनुले कतिपयको यो विश्लेषणलाई बल दिएको छ ।

भारतले फरक ढंगले राजनीति गर्न चाहेपनि जोलीको फेसबुक पेजमा आएको कुरा चिप्लिएर आएको आशंका भारतीय नीतिलाई राम्ररी बुझेकाकहरु गर्दछन् । सत्तारुढ पार्टीका विदेश विभाग प्रमुखका कुरा हल्ला हुनै सक्दैन् बरु यसले भारतीय विदेश नीति प्रतिविम्वित गर्छ ।

Vijay Jolli on KP 1

यसले फाइदा के भएको छ भने भारतीय चाहना यसपटक देखिने गरि आएको छ। यसको अर्थ हो ओली अब भारतले चाहेको र बनाउन खोजेका प्रधानमन्त्रीका उम्मेदवार बन्न सफल भएका छन् । र देश हाँक्ने मान्छेले प्रभवशाली छिमेकीको सदभाव र विश्वास जित्नु पक्कै राम्रो कुरा हो ।

[quote_box_center]सुशील कोइरालाको कमजोर सरकारबाट यो कुरा सम्भव नभएको निष्कर्षमा पनि भारत पुगिसकेको छ । त्यसैले यसका लागि एक पटक ओलीको परीक्षण गर्न भारत तयार देखिएको संकेत विजय जोलीको फेसबुक पोष्टले गर्छ । तर भारतको चाहाना पुरा हुने गरी ओली प्रधानमन्त्री कहिले बन्छन् र कहिले सम्म रहिरहन्छन् भन्ने कुरा भने आगामी केही साताले निर्धारण गर्नेछन् ।[/quote_box_center]

दीर्घकालीनरुपमा विकाशको मोडलमा जाने र क्षेत्रीय शक्तिकोरुपमा आफूलाई उँभ्याउन चाहेको भारतका लागि नेपाल जस्तो फ्राजाइल सँधै तरल राजनीति हुने छिमेकी कतिपय सन्दर्भमा टाउको दुखाइ बनिरहेको क्षेत्रीय मामलाका जानकाहरु बताउँछन् । नेपालसँग जुन सुकै ब्यवहार गर्दा पनि कुनै न कुनै पक्षबाट विरोध आउने र जनताको तहमा भारतप्रति रहेको घृणाको भावनाले भारत आजित छ । यो कुराको अन्त्यहोस र एक विश्वासिलो सरकारसँग सहकार्य गर्न सकियोस भन्ने चाहाना भारतको छ ।

kp-oli-and-modi

फाइल तस्विर

सुशील कोइरालाको कमजोर सरकारबाट यो कुरा सम्भव नभएको निष्कर्षमा पनि भारत पुगिसकेको छ । त्यसैले यसका लागि एक पटक ओलीको परीक्षण गर्न भारत तयार देखिएको संकेत विजय जोलीको फेसबुक पोष्टले गर्छ । तर भारतको चाहाना पुरा हुने गरी ओली प्रधानमन्त्री कहिले बन्छन् र कहिले सम्म रहिरहन्छन् भन्ने कुरा भने आगामी केही साताले निर्धारण गर्नेछन् ।