५ असोज, युरोप।

नेपालको संविधान जारी भएको एक बर्ष पुगेको अवसरमा युरोपका विभिन्न देशमा पनि संविधान दिवस मनाइएको छ । अवैतानिक बाणिज्य दुतावासले पोर्चुगलको राजधानी लिस्वोनमा औपचारिक कार्यक्रम गरेर संविधान दिवस मनाएको छ ।europe nepal constitution day 1223858 (1)

कार्यक्रममा अमेरिका, रसिया, क्यानाडा, जापान, साउदी अरब, कतार, थाईल्याण्ड, दक्षिण कोरिया, इटली, फिनल्याण्ड, चेक रिपब्लिक लगायत ४० देशका राजदुत तथा प्रतिनीधिको सहभागिता थियो ।

europe nepal constitution day 1223858 (6) पोर्चुगलको विदेशमन्त्रालयका आसियाना डेस्क प्रमुख जोसे मसादो म्यानुअल प्रमुख अधिति रहेको कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।europe nepal constitution day 1223858 (5)

कार्यक्रममा पोचुगलका लागि अवैतनिक राजदुत मकरबहादुर हमालले संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधानले नेपाली जनताका अधिकार सुनिश्चित गरेको र सबै विभेदको अन्त्य गरेको बताए । उनले भने, ‘नयाँ संविधानले सबै जाती, धर्म, भाषा, क्षेत्र, तथा लिङ्गको अधिकार स्थापित गरेको छ । असन्तुष्टि जनाउने पर्ने कारण छैन ।’
उनले गत वर्षको भूकम्पले नेपालमा ठूलो क्षति पुराए पनि पर्यटकीय हिसाबले सुरक्षित रहेको जानकारी दिए ।europe nepal constitution day 1223858 (4)

भगवान गौतम बुद्धको जन्मस्थल तथा विश्वको सर्वोचच शिखर सगरमाथ लगायतका महत्वपूर्ण स्थल पर्यटकिय हिसावले निक्कै महत्वपूर्ण रहेको उनको भनाई थियो । नेपालमा लगानीको प्रयाप्त सम्भावना रहेको भन्दै लगानीका लागि अन्तराष्टिय समूदायलाई पनि नेपालले आग्रह गरेको छ ।europe nepal constitution day 1223858 (3) europe nepal constitution day 1223858 (2)