इन्टरनेट प्रयोगर्ने अधिकांश हाम्रो जिमेल अकाउन्ट हुन्छ। जिमेलको सर्भिस निकै फास्ट अनि यसमा कयौं फिचर भएकाले जिमेल प्रयोगकर्ता दिनानुदिन बढ्दो छ। साथै जिमेलले १५ जीबी फ्रि क्लाउड स्टोरेज पनि दिने गर्छ। अर्थात जिमले अकाउन्टमा आफ्ना जरुरी डकुमेन्ट, फोटो तथा भिडियो पनि सेभ गरेर राख्न सकिन्छ। तर यादरहोस् जिमलेको पासवर्ड सजिलै क्र्याक वा ह्याक गर्न सकिन्छ।

कसरी गर्ने क्र्याक अनि कसरी रहने सुरक्षित:

यो विधिले ती जिमेल आइडीको पासवर्ड मात्र क्र्याक गर्न सकिनेछ जसको पासवर्ड ब्राउजरमा सेभ हुन्छ। क्रोम ब्राउजरमा यदि कुनै जिमेल अकाउन्टको पासवर्ड सेभ छ भने Settings मा गई Manage Passwords मा गएर सेभ भएका पासवर्ड हेर्न सकिन्छ। तर यसको लागि कम्प्युटरको पासवर्ड थाहा हुनुपर्छ। यहाँ बताइन लागिएको उपायमा कुनै अर्को पासवर्डको जरुरत पर्दैन।

सबैभन्दा पहिले क्रोममा जिमेल अकाउन्ट लग इन गर्ने स्क्रिनसम्म पुग्नुस्। यदि जिमेल अकाउन्ट सेभ भएको छ भने पासवर्ड इन्टर गर्ने अप्सनसम्म पुग्नुस्। त्यहाँ सेभ भएको पासवर्ड ….. (डट डट) देखिनेछ।

gmail-password-crack-4 gmail-password-crack-1 gmail-password-crack-2 gmail-password-crack-3

कसरी बच्ने?

  • तपाईको कम्प्युटर, ल्यापटप अन्य कसैलाई चलाउन नदिनुस्।
  • कम्प्युटरमा पासवर्ड राख्ने गर्नुस्। ताकी अन्य कसैले खोलेर चलाउन नसकोस्।
  • यदि तपाइको कम्प्युटर, ल्यापटप अन्य कसैले चलाउने गर्छ भने आफ्नो पासवर्डहरु सेभ गर्ने नगर्नुस्।