कुशल श्रेष्ठ

इतिहासलाई हेर्ने हो भने, नेपालमा पहिलोचोटि क्रिश्चियन धर्मलाई प्रचार गर्ने व्यक्तिहरू वि.सं. १६८४ मा राजा लक्ष्मीनरसिंह मल्लको पालामा आएका थिए। पादरी ‘ह्वान क्याब्रल’लाई राजा लक्ष्मीनरसिंहले ताम्रपत्र उपहार दिएर स्वागत गरेका थिए र नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्न अनुमति दिएका थिए। तर पछि राणाहरूको शासनमा सबै विदेशी क्रिश्चियन पादरी र नेपालीहरूलाई देशनिकाला गरेका थिए। वि.सं. २००६ मा राणाकालीन शासनको अन्त्य भएपछि फेरि सबै क्रिश्चियन नेपालीहरु भारतबाट नेपाल छिरेका बुझिन्छ।

आजको अङ्कमा हामी तपाईँहरूलाई क्रिश्चियन धर्मको बारेमा विश्वभरीका रोचक तथ्यहरूको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. विश्व क्रिश्चियन इन्साइक्लोपेडियाको अनुसार सन् २००१ मा ३३,८३० वटा विभिन्न क्रिश्चियन धर्मसम्प्रदायहरू रहेको छ।World Christian Encyclopedia
२. सन् २०१० मा, विश्वभरीकै चर्चहरूको आय रकम ९७ बिलियन डलर रहेको थियो।
३. कतिपय धर्मावलम्बीहरू भन्छन्, जिससले कहिल्यै पनि नयाँ धर्मको सिर्जना गर्ने सोँच गरेका थिएनन्।Jesus-Jew
५. नेब्रास्काका एक व्यक्तिले ‘रातो गाई’लाई पाल्दै इजरायलमा पठाउने गरेका छन्, ताकी यहूदीहरूले ‘तेश्रो चर्च’ बनाउनेछन् र ‘यशू फेरि आउनेछन्’।
६. मुस्लिम धर्मको ग्रन्थ ‘कुरान’मा ‘मुहम्मद’को भन्दा बाइबलमा ‘जिसस’को नाम बढी उल्लेख गरिएको छ।quran
७. पुरै यूरोपमा भन्दा चीनमा बढी मानिसहरू आइतबार चर्च जाने गर्छन्।chinese-christians
८. पोप फ्रान्सिस पहिला अर्जेन्टिनाको बारमा ‘बाउन्सर’को काम गर्ने गर्दथे।
९. मध्य एसियकै सबैभन्दा ठूलो चर्च एक गुफाभित्र बनाइएको छ।cave-church2
१०. जुडासले जिससलाई ‘४ महिनाको ज्याला’ बराबरको रकमको लागि बेचेका थिए।Judas-Back
११. मुहम्मदको चिहानको छेवैमा ‘जिसस’को लागि पनि खाली ठाउँ राखिएको छ।
१२. एक खोजको अनुसार, चर्च जाँदा रक्तचापमा नियन्त्रण हुने बताइन्छ।
१३. ओहायो शहरमा बनाइएको जिससको ६२ फिटको मुर्तिमा चट्ट्याङ् परेर भत्केको थियो।King-Statue
१४. पोपप्रतिको डरलाई ‘पापाफोबिया’ भनिन्छ।Pope-Francis
१५. अन्टार्कटिकामा मात्रै कम्तीमा ७ वटा चर्च रहेको पाइएको छ।Antarctica-church
१६. विभिन्न क्रिश्चियन धर्मावलम्बीहरूले के विश्वास गर्छन् भन्दा, हाल जिसस क्राइस्टले एक चीनिया महिलाको रूप धारण गरेर चीनमा बसेका छन्। (चीनिया विश्वास)eastern-lightning
१७. भ्याटिकन बासिन्दाहरूका अनुसार, स्वर्ग र नर्कको बीचमा रहने समयलाई घटाउन पोपको ट्वीटर फलो गर्नुपर्दछ।
१८. कियभका राजकुमार ‘भ्लादिमीर द ग्रेट’ले कि त क्रिश्चियनतिर कि चाहिँ मुस्लिमतिर जाने निर्णय गरेका थिए। दुवै धर्मलाई बुझ्नको लागि उनले आफ्नो मान्छे पठाएका थिए र इस्लाम धर्ममा मध्यपना निषेध भएकाले उनी क्रिश्चियन धर्ममा लागेका थिए।vodka
१९. श्रीलङ्कामा एउटा यस्तो तीर्थस्थल छ, जहाँको ‘पवित्र चरण चिन्ह’ले गर्दा ४ वटा धर्मावलम्बीहरूको लागि पवित्र मानिने गरिन्छः हिन्दु, इस्लाम, बुद्ध र क्रिश्चियन।sri-pada
२०. सन् २००१ मा, ‘पोप जोन पाउल द्वित्तीय’ एक मस्जिदमा छिरेर प्रार्थना गरेका थिए र साथै इस्लामसँगको सम्बन्धलाई सुधार्न कुरानलाई चुम्बन पनि गरेका थिए।pope-quran
यो पनि हेर्नुहोस्-
कम्युनिष्टको छोरो क्रिश्चियन हुँदा कसरी धर्म परिवर्तन ?
नेपाल एकिकरण अघि नै उपत्यकाका नेवार क्रिश्चियन थिए
हिन्दु धर्ममा ‘मयूर’ चराको महत्व, मयूरका रोचक कुरा
अबुधाबीमा बन्ने भयो हिन्दु मन्दिर