सुर्ती, गुट्खा, पान मसला वा मदिरा सेवनले मात्रै मुखको क्यान्सर हुँदैन, दाँत पनि कारण बन्न सक्छ । चिकित्सकहरुलाई मान्ने हो भने मुखको क्यान्सर खराब दाँतका कारण पनि हुने गर्छ ।

तिखा दाँतले गाला लगातार घोची रहने भएपछि चोट लाग्ने हुन्छ, जसले गालामा घाउ हुन पुग्छ । यस घाउँलाई बेवास्ता गरेमा क्यान्सरको रुप लिन्छ । यद्यपी, दाँतका कारण हुने क्यान्सर र सुर्ती, चुरोटबाट हुने क्यान्सरको लक्षण एउटै हुन्छ ।

गाला रातो हुने, मुखभित्र सेतो, मुख कम खुल्ने वा खुल्न गाह्रो हुने र गालाका मांसपेशीले राम्ररी काम नगर्नेआदि यसका लक्षणहरु हुन् । खराब दाँतका कारण लाग्ने यस्ता रोगलाई ‘सबल्यूकस फाईब्रोसिस’ भनिन्छ ।

त्यसैले दाँतबाट हुने दुखाई वा तिघोपनबाट हुने घाउँलाई तुरुन्तै चिकित्सकलाई देखाउँनुपर्छ । यस्ता लक्षण देखिएमा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ ।