हिन्दु पौराणिक ग्रन्थ यस्ता धेरै रहस्यहरुले भरिएको छ, जसमा महिलाहरुको सम्मान दर्शाउँछ । तर, यस्ता केही कथाहरु छन्, जसमा नारीमाथि भएका अत्याचारको वर्णन गर्छ । यद्यपी, नारीमाथि अत्याचार गर्ने ती देवताहरुलाई श्राप पनि मिलेको बताइएको छ ।

यस्तै एक कथा छ ‘चन्द्रमा’ अर्थात्, चन्द्र देवको । चन्द्र देव देवगुरु बृहस्पतिकी पत्नी तारासँग आकर्षित भएका थिए र उनको अपहरण गरी धेरै दिनसम्म भोग–विलासमा लिप्त बनेका थिए । जब यी सबै घटनाक्रमका बारेमा देवगुरुलाई ज्ञान भयो उनले चन्द्र देवलाई श्राप दिएका थिए ।

त्यस्तै जालन्धर नामका एक दानव थिए, उनकी पत्नी वृंदा थिइन् । वृंदा पतिसमर्पित महिला थिइन् । उनको सतित्वका कारण जालन्धरलाई पराजित गर्न असंभव थियो ।

जालन्धरको मृत्युका लागि एक रणनीति बनाइयो र श्रीहरिले वृंदाको सतीत्व भंग गरिदिए । उता भगवान शिवले जालन्धरको संहार(हत्या) गरिदिए । यसरी महादैत्यको अन्त्य भयो । तर पतिहत्यामा संलग्न भएकोमा पत्थर बनी जाउ भनी वृंदाले श्रीहरिलाई श्राप दिए । श्रीहरिलाई शालिकग्रामको रुपमा आज पनि पुजा गरिन्छ ।

यस्तै त्रेता युगमा पनि भयो । जब गौतम ऋषिकी पत्नी अहिल्यामाथि इन्द्र देव आकर्षित भएर शीलहरण गरे । यो कुरा गौतम ऋषिलाई थाहा भयो, उनले इन्द्रलाई श्राप दिए साथै अहिल्यालाई पत्थर बन्ने श्राप दिए ।

यो कथाले पनि कही न कही नारीमाथि छल भएको बताउँछ । तर, जो–कोही छल गरे पनि उसलाई कठोर सजाय मिल्यो, चाहे त्यो देवता नै किन नहोस् । त्यसैले नारीको सँधै सम्मान गर्न सिकौँ ।