हिजोआज ‘ब्रेक–अप’ फेसन जस्तै बनेको छ, जसको जहाँ जति बेला पनि हुन पुग्छ र यसले खासै ठूलो प्रभाव नपार्न सक्ला । प्रेमी–प्रेमिकाबीचको ‘ब्रेक–अप’लाई केही सामान्य नै मानिन्छ, किनकि यसमा कुनै समर्पण हुँदैछ ।

तर, वैवाहिक सम्बन्धसम्म पुगेर सम्बन्ध टुट्छ भने यसले व्यक्तिको जीवनमा ठूलै प्रभाव छोड्छ । शास्त्रमा केही यस्ता कुराको दाबी गरिएको छ, जसले सम्बन्ध बिग्रनबाट बचाउँछ । यस्ता चार प्रकारका पुरुषका ४ खुबी जसले उनीहरुको प्रेम र वैवाहिक सम्बन्ध सँधै सफल राख्छ ।

महिलालाई सम्मान गर्ने – यस्ता पुरुष जसले महिलालाई सँधै सम्मानको नजरले हेर्छ, ति महिला आमा मात्रै नभएर प्रेमिका, श्रीमती वा अन्य कुनै अनजान महिला हुन् । यदि कुनै पुरुषलाई महिलाको सम्मान गर्न आउँछ भने उसले महिलाको महत्व बुझेको हुन्छ । यस्तो अवस्थामा सम्बन्ध टुक्रिने सम्भावना नरहने शास्त्रमा दाबी गरिएको छ ।

पर–स्त्रीलाई नछुने – जो पुरुष आफ्नो प्रेमिका वा श्रीमती बाहेक अरुलाई काम–वासनाको नजर नहेर्ने वा कुनै पर–स्त्रीमा आकर्षित हुँदैन भने ऊ आफ्नो प्रेम जीवनमा सफल रहन्छ ।

सुरक्षाको अनुभूति – जो श्रीमान् वा प्रेमीले आफ्नो जोडीलाई सुरक्षाको अनुभूति गराउँछ, श्रीमतीलाई सुरक्षित माहोल दिन्छ, यस्ता पुरुष प्रेममा कहिल्यै हार्दैनन् । भनिन्छ, एउटी महिलाले श्रीमानमा आफ्नो बुबाको छायाँ देख्छिन् । यदि श्रीमती आफ्नो श्रीमानस्ँग सुरक्षित महसुश गर्छिन् भने उनी निश्चिन्त भएर रहन्छिन् ।

शारीरिक सुख – भावनात्मक सुख मात्र होइन, शारीरिक सुखले पनि वैवाहिक जीवनमा ठूलो महत्व खेल्छ । शारीरिक र मानसिक दुवै सुख प्रदान गर्ने पुरुषका श्रीमती वा प्रेमिका सँधै प्रसन्न रहन्छन् । त्यस्तै, प्रेमिका वा श्रीमतीलाई फूल सम्झेर स्पर्श गर्ने पुरुष प्रेम सम्बन्धमा सँधै सफल रहन्छ भनिन्छ ।