एजेन्सी ।

तपाई दिनभरिको थकान मेटाउन एक गिलास उखुको रस पिउँनुहुन्छ भने केही सावधान रहनुहोस् । त्यसो त उखुको रस एक गुणकारी पेय पदार्थ हो । यसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेसियम र फस्फोरसजस्ता धेरै पोषक तत्व पाइन्छ, साथै उखुको रसले शरीरमा रगतको बहावलाई पनि सही गराउँछ ।

उखुमा यति धेरै गुण भएता पनि कुनै व्यक्तिका लागि यो खतराको निशाना हो । यसको सेवन उनीहरुका लागि निक्कै हानिकारक हुनसक्छ । जान्नुहोस्, कस्ता व्यक्तिले उखुको रस पिउँनुहुँदैन ।

– यदि तपाईलाई खोकी लागिरहेको छ भने उखुको रस नपिउँनुहोस् । यस्तो अवस्थामा उखुको रस पिउँनाले तपाईको शरीरमा कफको समस्या झनै बढेर जान्छ ।

– त्यस्तै, पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउँन नहुने बताइन्छ ।

– उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । यदि तपाई मधुमहेको रोगी हुनुहुन्छ भने तपाईले उखुको रस पिउँनुहुँदैन । यो तपाईका लागि बिष सरह हुन्छ ।

– यदि तपाईको तौल बढेको छ वा मोटोपनको समस्यामा हुनुहुन्छ भने उखुको रस नपिउनुहोस् । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ ।

यो पढ्नुस्

पेट लाग्यो ? नआत्तिनुस् यस्ता छन सजिलै पेट घटाउने ८ तरिका

एक चम्चा जिराले यसरी घट्छ मोटोपना

खान छोड्दैमा मोटो पन घट्दैन, उल्टो खतरा हुन्छ