सफलताका लागि आफ्नो मेहनत जति जिम्मेवार हुन्छ, त्यति नै जिम्मेवार हाम्रो सँगत पनि रहन्छ । त्यसैले हाम्रो सँगत जति ठिक व्यक्तिहरुसँग हुन्छ, त्यति नै सफलता फिल्छ र अगाडि बढ्ने उत्साह रहिरहन्छ ।

success

अल्छि व्यक्ति – अल्क्षी व्यक्तिबाट कुनै काम हुने आशा राख्नु असफलताको पहिलो कदम हो । यदि हाम्रो वरिपरि कोही आलसी व्यक्ति छ भने न आफूँ ठिकसँग काम गर्छ, न हामीलाई चाँडै काम गर्न नै दिन्छ । यस्तो अवस्थामा हाम्रो काम र लक्ष्य दुवै ढिलो प्राप्त हुने हुन्छ ।

देखावटी गर्ने – आजकाल यस्ता धेरै व्यक्ति भेटिन्छन्, जो देखावटी धेरै र काम कम गर्ने अर्थात्, आफ्नो विज्ञापन गरेअनुसार काम गर्न नसक्ने । यस्ता व्यक्तिहरुको एउटै उद्देश्य हुन्छ, अरुको आकर्षणको केन्द्र बनु । यस्ता व्यक्तिहरु आफ्नो उद्देश्य पूरा गर्न अरुलाई होच्याउने गर्छन् । यस्ता व्यक्तिको संगतबाट हामी बच्न आवश्यक हुन्छ ।

बेकामका कुरा बोलिरहने – कोहीको आदत नै हुन्छ, बेकामका, बढाईचढाईका कुरा धेरै गर्ने । यस्ता मित्रहरुले हाम्रो समय बर्बाद त गर्छन् नै, काममा पनि बाधा पुर्याउन सक्छन् । यस्ता मान्छेसँग सँगै रहेमा समयमै काम पुरा हुने सम्भावना नरहने हुन्छ ।

नकारात्मक रोच्ने, डराउने – कुनै पनि काम गर्नुअघि जो व्यक्ति डराउँछ उसले नकारात्मक सोचाई बढी राख्छ । न आफू अघि बढ्न सक्छन्, न अरुलाई मद्दत नै गर्न सक्छन् । यस्ता व्यक्तिको वरपर रहनाले हामीमा पनि नकारात्मक सोच र डरले डेरा जमाउँछ । यस्तो हुनु सफल नबन्ने संकेत हो ।