तपाई बिहानको समयलाई व्यवस्थित गरेर पुरै दिन आफूलाई फ्रेस राख्न सक्नुहुनेछ । यति मात्र नभई बिहानको समयलाई सही तरिकाले व्यवस्थित गर्नाले पुरा दिन तपाईले चाहे जस्तै बित्नेछ । यस्ता ३ काम जसले तपाईको जिवन खुशीले भरिदिन्छ ।

waking_up fresh

१. आफूलाई साधारण राख्न कोशिश गर्नुस्
धेरैजसो मानिस बिहान धेरै काम गर्ने गर्छन । यस्ता मानिस मर्निङ एक्सर्साइज, सरसफाई, ब्रेकफास्ट बनाउने आदि काम बिहान बिहान सक्छु भनि सोच्ने र गर्ने गर्छन । जब कि बिहानको समय साधारण र फ्रेस राख्न सके सकारात्मक परिणाम देख्न सकिन्छ ।

धेरै काम गरेर मात्र परिणाम राम्रो आउने होइन । बरु दिमागमा अनावश्यक दबाब हुने गर्छ । यसबाट बच्चको लागि बिहानमा धेरै काम गर्नु ठीक मानिदैन ।

२. यस्तो काम गर्नुस जसले आफूलाई आनन्द दिन्छ
भनिन्छ बिहानको समय कुनै राम्रो व्यक्तिको अनुहार देखेमा पूरै दिन राम्रोसँग बित्छ । यसरी नै हरेक बिहान कुनै राम्रो काम गर्नुस जसको कारण तपाईको अनुहारमा खुशी अनुभव होस । जसको कारण तपाईको पूरा दिन राम्रो होस । यसमा बिहानी कसरत देखि पढ्नु, लेख्नु अथवा खाना बनाउनु आदि हुन सक्छ । यसको लागि कुनै जरुरी छैन कि दैनिक गरिने भन्दा छुट्टै काम होस ।

Morning-Walks-For-Healthy-Diet

३. बिस्तारै कठिन कामको लागि अगाडि बढ्नुस्

मानिस भएको कारणले हामी सबै लक्ष्यमुखी हुन्छौं । अथवा दिनभर यस्तै काम गर्न चाहन्छौ जसले आफ्नो लक्ष्यतिर लाने गर्छ । बिहानको समयमा यस्तो काम सुरुवात गर्नुस, तर सानो र सजिलो कामबाट गाह्रो कामतिर अगाडि बढ्नुस् । यस्तो गर्नाले ठूलो लक्ष्य हाँसिल गर्न कुनै कठिनाई हुनेछैन । तपाईलाई लक्ष्य प्राप्त गर्ने नयाँ तरिका पनि मिल्न सक्छ ।