महाभारत जीवन प्रबर्धनका थुप्रै सुत्रको स्रोत रहेको मानिन्छ । जीवन प्रवर्धनका यी सुत्रहरु आज पनि उत्तिकै उपयोगी छन् । महाभारतको तीर्थयात्रा पर्वमा यी ६ प्रकारका व्यक्तिसँग कहिल्यै आफ्नो गोप्य कुरा बताउँन नहुने बताएको छ । जसले हामीलाई संकटमा पार्न सक्छ ।

ear-to-ear

१. स्त्री – शास्त्रअनुसार, स्त्रीहरुको स्वाभाव चञ्चल हुन्छ । धेरैजसो स्त्रीहरु भन्न नहुने कुरा पनि भनिदिन्छन्, जसले परिवारको मान–सम्मानमा ठेस पुर्याउँछ । एक दिन अवश्य स्त्रीले मनको कुरा बताइदिन्छिन् । त्यसैले कुनै पनि स्त्रीलाई आफ्नो गोप्य कुरा नबताउँनुहोस् ।

२. मुर्ख – यस्ता व्यक्ति, जो राम्रो–नराम्रो, आफ्नो–पराई वा साथी–दुश्मनबीच फरक छुट्याउन नजान्ने हुन्छन् । उसको अगाडि यदि कुनै गोप्य कुरा गर्नुहुन्छ भने जानेर वा नजानेर अरुको अगाडि खोल्छ । त्यसैले यस्ता व्यक्तिलाई आफ्नो सिक्रेट कुरा नबताउँनुहोस् ।

३. बालक – कुनै पनि बालक अथवा बालिकाका अगाडि आफ्ना गोप्य कुरा गर्नुहुन्न । किनकि उनीहरुलाई कुन कुरा बोल्नुहुन्छ, कुन बोल्नुहुन्न भन्ने थाहै हुँदैन, जसको परिणाम पछि हामीले उठाउनु पर्ने हुन्छ ।

४. लोभी – जुन व्यक्तिलाई लोभको लालच हुन्छ, ऊ आफ्नो स्वार्थ प्रर्तिका लागि कुनै पनि नोक्सान गर्नबाट पछि हट्दैन । यस्तो, अवस्थामा तपाईको कुनै पनि गोप्य कुरा धनको लालचमा आएर खोल्दिन सक्छ । त्यो तपाईको दुश्मन पनि हुन सक्छ ।

५. उत्ताउला (पागलपन) व्यक्ति – यदि कुनै पनि व्यक्तिमा उन्माद अर्थात् पागलपनको लक्षण देखिन्छ, तर पागल हुँदैनन् । कहिले काहि यस्ता व्यक्तिहरु अति उत्ताउला हुनेगर्छन् । बिना कारण जे पनि गर्न सक्छन् । यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउँनु भनेको आफू संकटमा पर्नु हो ।

यो पनि पढ्नुस्:
केटा होस या केटीः दाँत हेरेर थाहा पाउन सकिन्छ गोप्य कुरा
शास्त्र भन्छः यस्ता महिलाको पेटले बताउँछ उनीहरुको गोप्य कुरा