१६ साउन, काठमाडौं । काठमाडौंको एक विद्यालयबाटै अपहरणमा परेका एक पाँच वर्षीय बालक भक्तपुरको काँडाघारीमा भेटिएका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई सकुशल उद्दार गरेको हो ।

पकनाजोलमा रहेको सरस्वती माविमा युकेजीमा अध्ययनरत बालक विशाल चौधरी साउन १४ गते विद्यालयबाटै अपहरणमा परेका थिए ।

अपहरणमा संलग्न भएको आशंकामा एक जनालाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको र घट्नाको बारेमा आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।