एजेन्सी । कुनै पनि काम सुरु गर्नु भन्दा पहिला वा कुनै काममा सफलता हाँसिल गर्नका लागि अक्सर मानिसहरु घरमा पूजापाठ गर्ने गर्दछन् ता कि सोचेको काम सिद्द होस् । तर तपाइलाई आफ्नो मांगलिक कार्य पूर्ण सफल बनाउनका लागि पूजापाठको सहि तरिका कस्तो हुनुपर्छ
थाहा छ ? निम्न कुराहरुमा ध्यान दिइयो भने पूजापाठ सही हुन सक्छ ।

पूजापाठको सही स्थान
घरमा सधैं पूर्व वा उत्तर दिशामा नै मन्दिर राख्नु या बनाउनुपर्छ ।
मन्दिर काठकै हुनुपर्छ । घरको मन्दिर वरिपरि कुनै पनि दुर्गन्ध फैलने फोहार गर्नु हुँदैन ।
घरको मन्दिरको रंग
घरमा रहने मन्दिरको रंग हल्का पहेँलो वा सुन्तला रंगको हुनुपर्छ ।
मन्दिरमा सधैं हल्का पहेँलो लाइट प्रयोग गर्नुपर्छ ।
महिन्दरमा गाढा निलो रंग प्रयोग गर्नुहुँदैन ।
घरको मन्दिरमा के के राख्ने ?
घरको मन्दिरमा हल्का पहिलो वा रातो रंगको वस्त्र बिछ्याउनुपर्छ ।
भगवान गणेश र महालक्ष्मीको स्वरुप राख्नुपर्छ ।
आफ्नो इष्टदेव वा कुलदेवताको आकृति वा चित्र राख्नुपर्छ ।
एउटा तामाको कलशमा गंगाजल भरेर राख्नुपर्छ ।
घरमा मन्दिर बनाउँदा यस्ता कुरामा ध्यान दिउँ ।
घरको मन्दिर दक्षिण पश्चिम दिशामा नबनाउने ।
मन्दिर शौचालयको आसपास नराख्ने ।
मन्दिरको आसपास जुत्ता चप्पल नराख्ने ।
भजनकिर्तनको स्थान
जहिल्यै पनि पूर्व वा उत्तर दिशामा फर्किएर भजनकिर्तन गर्नु उत्तम हुन्छ । अन्य दिशामा फर्किएर गरिएको भजनकिर्तनमा खासै उत्साह मिल्दैन ।
भजनकिर्तन गर्नु अघि भगवान मंगल मुर्तिको चित्र स्थापित गरेपछि मात्रै भजनकिर्तन शुरु गर्नु राम्रो हुन्छ ।
जुन देवी देवताको भजनकिर्तन गर्ने हो उसको चित्र अगाडि राख्नु पर्छ ।