२७ साउन, काठमाडौं ।

चितवनको नारायणगढमा बाघजात्रा मनाउने तयारी गरिएको छ । तनहुको वन्दीपुरवाट नारायणगढमा आई वसोवास तथा व्यवसाय गरी वसेका व्यक्तिहरुको सक्रियतामा भोली बाघजात्रा मनाउन लागिएको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लोक सस्कृति संरक्षण तथा लाखे नाच संरक्षण प्रतिष्ठानको आयोजना एवम् राइनो क्लवको सहसंयोजनमा वाघजात्रा निकालिने सो अवसरमा जानकारी दिइयो ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पियाले तनहुबाट शुरु भएको वाघजात्राको इतिहासलाई जोगाई राख्न नारायणगढमा बाघजात्रा निकाल्न लागेको वताए ।

पहाडी भेगमा नेवारी समुदायले पालेका गाईवस्तु, वाख्रा, कुखुरा आदि रातीको समयमा वाघले खोरवाटै खाइदिएपछि हेराउदा ज्वतीषले बाघको पुजाअर्चना गर्दै बाघजात्रा निकाल्नु भनेपछि परापुर्व कालदेखि नै यो जात्रा तनुहमा निकाल्ने गरिएको उनले वताए ।

बाघ बनेर नाच्नका लागि निकै अप्ठेरो हुने भएकोले बाघ नाचका लागि तनहुवाटै नर्तकीहरु ल्याइने आयोजकले जनाएका छन् । पहिले वाघजात्रा पछि बाघलाई मारेर फालिदिने गरिएपनि निकुन्जको स्थापनापछि जात्रापछि बाघलाई नियन्त्रणमा लिएर निकुन्जमा बुझाईने गरी कार्यक्रम तय गरिएको पियाले वताए ।