१ असोज, काठमाडौं ।

स्थानीय तहको तेस्रो चरण अन्तरगत भोली चुनाव हुने प्रदेश नम्बर दुईमा आज रातीदेखि मौसम बद्ली हुने भएको छ ।

केही ठाउँमा भोली हल्कादेखि समान्यखालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा बिकास भएको न्यूनचापिय क्षेत्रको असरले आज रातीदेखि देशैभर मौसम बद्ली हुने मौसमविद् शान्ति कंडेलले जानकारी दिइन ।

बंगालको खाडीमा बिकास भएको न्यूनचापिय क्षेत्रको असरले आज रातीदेखिनै नेपालमा बद्ली हुन शुरु हुने र भोली निर्वाचन हुने क्षेत्रमा पनि मौसम बद्ली हुने र केही ठाउँमा हल्का पानी पर्ने विभागको अनुमान छ ।

तर लगातार पानी नपर्ने भएकाले निर्वाचनलाई असर गर्ने छैन । यो क्रम केहीदिनसम्म चल्ने अनुमान गरिएको छ ।’