१.प्रक्रियामा अवरोध नगर्ने
एमालेले संविधान संशोधन विधेयकमाथिको छलफल प्रक्रियामा अवरोध नगर्ने नीति लिएको छ । विधेयकको भन्डाफोर हुनेगरी पार्टीको धारणा राख्ने, तर मतदानसम्मको प्रक्रियामा कुनै अवरोध नगर्ने नीति एमालेको छ । तर, स्थानीय तहको संख्या थप्ने निर्णय सरकारले फिर्ता लिएपछि बुधबारबाटै सदन सुचारु भएको छ ।
२.दुईतिहाइ पुग्न नदिने
संविधान संशोधन विधेयक पास गर्न दुईतिहाइ मत आवश्यक पर्छ । तर, एमालेले विपक्षी नौदलीय गठबन्धनलाई थप कसिलो बनाएर सत्तापक्षमा दुईतिहाइ मत पुग्न नदिने नीति लिएको छ । विधेयक पास गर्न संसद्मा कायम रहेको ५ सय ९३ सांसद संख्याको दुईतिहाइ आवश्यक पर्छ । ‘सैद्धान्तिक छलफल र ७२ घन्टे संशोधनको समयमा हाम्रोतर्फबाट अवरोध हुँदैन,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हामी पारित गर्न दिने पक्षमा छैनौँ । बाँकी कुरा विपक्षी गठबन्धनका साथीहरूसँग बसेर थप छलफल गर्नेछौँ ।’ एमाले नेतृत्वको विपक्षी गठबन्धनमा १ सय ९९ मत छ । गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, नेपाः पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजनशक्ति पार्टी छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ ।