काठमाडौं ।

बुधबार दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपालमा बिहान ६ बजेर विस मिनेट जादा मात्र देखिएको थियो । यो ग्रहण नेपालमा भने खण्डग्रासका रुपमा मात्र देखिएको छ ।

खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट खग्रास सूर्यग्रहण भएको देखिएको छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।

नेपाल, भारत, पाकिस्तान लगाएतका देश बाट बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको थियो ।

Eclips from Kathmandu (1)

खग्रास सूर्यग्रहण लागेको भए पनि नेपालमा त्यसको आंशिक असर अर्थात खण्डग्रास रुपमा मात्र देखिएको छ । नेपालमा बिहान सूर्योदय हुँदा खण्डग्रास सूर्यग्रहणको अवस्था देखिएको थियो ।

Eclips from Kathmandu (3)

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ५ बजेर ५७ बजे सूर्यग्रहणको स्पर्श सुरु भए पनि नेपालमा ६ बजेर २२ मा सूर्योदय भएकाले त्यसपछि मात्र ग्रहण देखिएको हो । नेपालमा साँझ ७ बजे मात्र ग्रहण सकिने विज्ञहरुको भनाई छ ।

Eclips from Kathmandu (5)

विश्वका विभिन्न भागबाट देखिएका सूर्यग्रहणका तस्विरः

CHINA-YUNNAN-KUNMING-PARTIAL SOLAR ECLIPSE (CN)

चीनको कुन्मिङबाट देखिएको सूर्यग्रहणको दृष्य

Indonesia Total Solar Eclipse

इण्डोनेशियाबाट देखिएको खग्रास सूर्यग्रहण

Philippines Solar Eclipse

फिलिपिन्सबाट देखिएको सूर्यग्रहण

ग्रहण लागेको समयमा गर्नै नहुने ५ काम
सुर्य ग्रहणसंगै तीन दुर्लभ खगोलीय घटना