हस्त रेखा विज्ञानले हातमा हुने हरेक रेखाले हाम्रो जीवनको बारेमा बताउने दावी गर्छ । तपाइँलाई थाहा नहुन सक्छ हातबाटै हस्त रेखाविदहरुले जीवनका सबै कुराहरुको भविष्यवाणी गरिदिन्छन् । कतिपय अवस्थामा तपाइँको भविष्यमा हुने घटनाबाट बँच्नलाई समेत हस्तरेखाविदहरुले सहयोग गर्न सक्छन् ।

heart attack and death palm 1 heart attack and death palm 2

कुनै पनि ब्यक्तको हत्केलामा स्वास्थ्य रेखा कस्तो छ भन्ने कुराले स्वास्थ्य अवस्था निर्धारण गर्ने हस्तरेखा विदहरुको भनाइ छ । हत्केलामा बुध पर्वत कान्छी औंलाको माथिल्लो भागमा रहेको मानिन्छ ।

heart attack and death palm 3

यहाँ सम्म पुग्ने रेखालाई स्वास्थ्य रेखा भनिन्छ । यो रेखा जति सफा र सुन्दर भयो मानिस त्यति स्वस्थ हुने हस्त रेखा विज्ञानको भनाइ छ ।

heart attack and death palm 4

जुन ब्यक्तिको हातमा स्वास्थ्य रेखा पहेलो रंगको देखिन्छ उनीहरुलाई यौन रोगको खतरा हुन्छ । यस्ता ब्यक्तिलाई यौन रोगबाट बँच्न मुस्किल पर्ने हस्तरेखा विदहरुको भनाइ छ ।

जुन ब्यक्तिको हातमा हृदय रेखा र स्वास्थ्य रेखा बुध पर्वतको नजिकै भेटिन्छन् त्यस्ता ब्यक्तिलाई हार्ट अट्याक अर्थात हृदयघात हुने खतरा हुन्छ ।

heart attack and death palm

जसको हत्केलामा बुढी औंलाको तल्लो भाग जसलाई शुक्र पर्वत पनि भनिन्छ त्यो भाग माथि उठेको छ भने त्यस्ता ब्यक्तिलाई पनि प्रजनन् सम्बन्धि समस्या हुन सक्छ ।

 

यो पनि हेर्नुस्
 यस्ता रेखा हुनेको बैबाहिक जीवनमा हुन्छ समस्या 
 हातमा यो रेखा टुटेको छ भने जिन्दगीभर हुन्छ तनाव 
 निधारका रेखाले ब्यक्तित्व बताउँछ
 निधारका रेखाले बताउँछ कुन मान्छेसँग कति धन हुन्छ