सफा नगरिएका अडरवेयरले छाला चिलाउने गर्छ। अन्डरवेयर फोहोर हुँदा यसले व्याक्टेरिया जम्मा पार्छ। पसिना, मरेका कोष अनि बाहिरी फोहोर जम्मा भएपछि चिलाउने मात्र होइन यसले अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउँछ।underware male female

चिलाउने अनि चर्याउँने

अन्डरवेयर फोहोर हुँदा पनि परिवर्तन नगर्दा छाला चिलाउन थाल्दछ। अत्याधिक छाला चिलाउँदा इन्फेक्सन भइ चर्याउने अनि थप समस्या निम्तिने गर्छ।

दुर्गन्ध
विज्ञान भन्छ, अन्डरवेयरमा एक ग्रामको दशौं भाग ब्याक्टेरिया हुन्छन्। गुप्ताङ्ग छोप्ने यी लुगामा यतिका ब्याक्टेरियाले छोटो समयमै दुर्गन्ध निकाल्न सुरु गर्छ।

यिस्ट इन्फेक्सन
यिस्ट र ब्याक्टेरिया ओसिलो वातावरणमा छिटो फैलिन्छ। फोहोर भइसकेको अन्डेवेयर वा नसुकेको अन्डरवेयरमा यिस्ट पैदा हुन्छ। अझ बिशेष गरि महिलाहरुले यस्तो अन्डरवेयर लगाउँदा गुप्ताङ्ग भित्र इन्फेक्सन हुने निकै खतरा रहन्छ।

जुम्रा
गुप्ताङ्ग वरिपरिका रौं काट्नु स्वास्थ्यको दृष्टीले निकै स्वस्थकर मानिन्छ। दैनिक अन्डरवेयर परिवर्तन गर्नु अत्यावश्यक हुन्छ। गुप्ताङ्ग वरिपरि ओसिलो वातावरण हुन दिनु हुदैन। निकै फोहोर अन्डरवेयर र गुप्ताङ्गको सफाई नहुँदा जुम्रा पर्ने समस्या निम्तिन समेत सक्दछ।