४ फागुन, एजेन्सी ।

‘अनलाइन सपिङ’(इन्टरनेटमार्फत् किनमिल) प्रविधि नेपालमा त भर्खरै मात्रै प्रयोगमा आउन थालेको छ । तर, विकसित देशमा यो प्रविधि प्रचलनमा छ । विश्वमा सबैभन्दा बढी अनलाइन सपिङ प्रविधि प्रयोग गर्ने देश चीन हो।

‘इन्टरनेशनल पोस्ट कर्पोरेशन’को एक रिपोर्ट अनसार, चीनका नागरिक सबैभन्दा बढी अनलाइन सपिङ गर्ने गरेका छन् । जसमा, अमेरिका र जर्मनीलाई पछि पार्दै चीन पहिलो स्थानमा देखिएको छ ।

कर्पोरेशनले उत्तर अमेरिका, एसिया र यूरोपसहित जम्मा २६ देशमा अनलाइन सपिङबारे गरेको एक सर्वे गरेको थियो, जसमा चीन पहिलो स्थानमा छ । जहाँ कुल किनमेलको २६ प्रतिशत देशबाहिरबाट हुने गरेको छ ।

त्यस्तै, अमेरिकामा यही आंकडा १६ प्रतिशत, जर्मनीमा १५ र यूकेमा १५ प्रतिशत छ । यदि अनलाइन कम्पनीको कुरा गर्ने हो भने, सपिङका लागि सबैभन्दा बढी अमेजन डटकम, त्यसपछि ई–बे र तेस्रोमा चीनको अलीबाबा को अगाडी छ।