१६ चैत, एजेन्सी ।

गएको २० डिसेम्बरमा बलिउड अभिनेत्री करिना कपूरले छोरा ‘तैमूर’लाई जन्म दिइन् । आमा बनेको ४/५ दिनमै करिना पार्टी गरिहेको देखिइन् ।

आमा बनेको ३ महिनापछि काममा फर्किने करिनाले पहिले नै भनेकी थिइन् र अब त्यस्तै भएको छ । हालै, करिना आफ्नो श्रीमान् सैफ अली खानसँग उनको फिल्म ‘शेफ’को सुटिङका लागि लन्डन गएकी थिइन् । सुटिङ सकेर मंगलबार उनीहरु लन्डनबाट फर्किए । एयरपोर्टमा करिना–सैफ देखिए तर, उनीहरुको ३ महिने छोरालाई देखिएन ।

तैमूर अहिले शिशु अवस्थामै छन् र उनलाई आमाको ममताको आवश्यकता छ, तर उनकी आमालाई भने फिल्म उद्योगबाट धेरै समय टाढा रहनाले आफ्नो करिअर धरापमा पर्नसक्ने डर छ । त्यसैले उनी आफ्नो छोराभन्दा व्यावसायिक जीवनप्रति ध्यान दिँदैछिन् र चाँडै कमब्याक गर्न चाहान्छिन् ।

आफ्नो शरीरलाई पहिलाकै अवस्थामा ल्याउन करिना मेहेनत गरिरहेकी छिन् । सुत्केरीपछि करिनाले अहिलेसम्म १२ किलो तौल घटाइसकेकी छिन् । करिनालाई आफ्नी दिदी करिश्माको झै करिअर बिग्रने डर छ ।

आमा बनेपछि शिल्पा शेट्टी, मलाइका अरोडा, रानी मुखर्जी तथा लारा दत्ता जस्ता अभिनेत्रीहरु कहिल्यै फिल्ममा कमब्याक गर्न सकेनन् । तर, करिना त्यस्तो बन्न चाहान्नन् र उनी आमा बनेपछि पनि आफ्नो ‘स्टारडम’ कायम राख्न चाहान्छिन् ।