एजेन्सी । मध्य एशियन देश टर्केमिनेस्तानलाई काराकुम मरुभुमिले घेरेको छ । यहाँ फारसी नयाँ वर्षको अवसरमा एउटा खेल आयोजना गरिन्छ । हरेक वर्षझै यसवर्ष पनि टर्केमिनेस्तानमा बजकाशी नाम खेल आयोजना गरियो ।

यो खेल करिब पोलोसंग मिल्दो जुल्दो छ । जसमा खेलाडीले घोडसवार गर्दछन् । तर यो खेल बलले नभई टाउको नभएको बाख्रासंग खेलिन्छ । खेलाडीले उक्त बाख्रालाई उठाएर संगै खेल्ने टिमको पोस्टमा राखेर अंक प्राप्त गर्दछन् । यस खेललाई हिंस्रक खेलको संज्ञा दिइन्छ ।