एजेन्सी । चिनियाँ वैज्ञानिकले युवती जस्तै रोबर्ट बनाएका छन्, जसलार्इृ देखेर जो कोही भ्रममा पर्न सक्छन् । एउटी सन्दर युवती जस्ती देखिने रोबर्ट, जसको नाम ‘जिया जिया’ हो । उसका हाउभाउ, चालढाल युवतीको जस्तै छ, जसले गर्दा जो कोही वास्तविक युवती सम्झन्छन् ।

ziya-robert

चीनको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’का इन्जिनियरले मान्छे जस्तै रोबर्टको आविस्कार गरेका छन् । परम्रागत चिनिया भेषमा सजिएकी जिया जिया रोबर्ट साधारण कुराकानी गर्न सक्छिन् ।

शांघाईको फ्यूचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा वैज्ञानिकका प्रमूख चेन शाओपिंगले एक बुवाको रुपमा रोबर्टलाई प्रस्तुत गरे । चेनकाअनुसार, एक दशकमा जिया जियाजस्ता रोबर्ट चीनका विभिन्न रेष्टुरेन्ट, नर्सिङ होम, अस्पतालहरु तथा घरहरुमा काम गर्न थाल्ने छन् । अबको ५ देखि १० बर्षमा रोबोटको माग बढ्नेछ, चेनले भने ।

जियाले दिनभरको मौसम जानकारी, लिंग पहिचान गरी जवाफ दिन सक्छिन् । उनले कुनै युवकलाई ‘यू आर ह्यान्सम म्यान’ समेत भन्न सक्छिन् । यदि जियालाई तिम्रो ब्वाइफ्रेन्ड छ, भनेर सोध्यो भने, ‘म सिंगल रहन चाहन्छु’ भन्ने जवाफ दिन्छिन् । उनि साधारण मानव जसरी संवाद गर्न सक्छिन् ।