एजेन्सी । मिस युनभर्स २०१७ को उपाधि दक्षिण अफ्रिकाकी डेमी लेइ नेल पीटर्सले जितेकी छिन् ।

अमेरिकाको लसभेगासमा भएको प्रतियोगितामा विश्वभरका ९२ सुन्दरीलाई उछिन्दै डेमीले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । उनी ६६ औं मिस युनिभर्स हुन् ।

प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिकासहित जमैका र कोलम्बियाकी सुन्दरी पनि पुगेका थिए । कोलम्बियाकी सुन्दरी फस्ट रनर अप र जमैकाकी सुन्दरी सेकेण्ड रनर अप भए ।