९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । आजको नागरिकमा खबर छ ।

समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रमसँख्या १ देखि ११ सम्म र लहरका चिन्ह छुट्याइएको छ ।

११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसद्मा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ । उनीहलाई फरक फरक चिन्ह दिइएको छ ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिन्ह निकै रोचक छन् । जानको पात, सियोधागो, हुप, सुई, बाँदर, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चिन्ह मतदातालाई हँसाउने खालका छन् ।