एजेन्सी ।

सानै उमेरमा आफ्नो सुन्दरताको कारण चर्चित भएकी छिन् रुसी मोडल क्रिष्टिना पेमेनोभा।  क्रिष्टिनाको जन्म २७ डिसेम्वर २००५ मा भएको थियो । हाल उनी ११ वर्षकी छिन् । ३ वषको उमेरदेखि नै उनी मोडलिङ लागेकी थिइन।

११ वर्षको सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल क्रिष्टिनाको सामाजिक सन्जालमा धेरै फलोअर्स छन् । उनको इन्स्टाग्राममा १८ लाख फलोअर्स छन् भने फेसबुकमा ४४ लाख भन्दा बढि फलोअर्स भइसकेका छन्। क्रिष्टिनाको सोसल मिडिया अकाउन्ट उनकी आमा ग्लिकेरिया पेमेनोभाले ह्यान्डल गर्छिन् ।

संसारकै कान्छी सबैभन्दा  सुन्दर युवती भनिने क्रिष्टनाले आफ्ना तस्विरको आलोचना समेत सामना गर्नुपर्छ । आफ्नो छोरीले केवल बेबीवेर लगाएर मात्र यस्ता तस्विर शुट गर्ने गरेको क्रिष्टिनाको आमाको भनाई छ ।

क्रिष्टिनाको फेसवुक पेजमा केहि नियमहरु लेखिएको छन्, जसमा उनको पेज शेयर गर्ने व्यक्ति फ्रेन्ड्ली हुनु पर्ने र आपत्तिजनक शव्द प्रयोग गर्न नहुने छ । साथै कमेन्ट गर्दा अंग्रेजी र रसियन भाषाको मात्र प्रयोग गर्नुपर्ने नियम उल्लेख गरिएको छ । यदि कुनैपनि प्रयोगकर्ताले नियमको पालना नगरेको खण्डमा सिधै ब्लक गरिने समेत उल्लेख छ । क्रिष्टिनाको आमा पनि मोडेल हुन भने उनका बाबु फुटवल खेलाडी हुन् ।