हाम्रो शरीरमा विभिन्न भागहरु हुन्छन् । शरीरका प्रत्येक भागहरुले गर्ने काम पनि फरक फरक हुन्छ । यी मध्ये केही भागहरु यस्ता हुन्छन्, जुन शरीरबाट निकालेपछि पनि हामी सजिलै बाँच्न सक्छौ । शरीरका यस्ता १० भागहरुको बारेमा थाहा पाइराख्नुस्, जुन हाम्रो शरीरबाट निकाली सकेपछि पनि हामी बाँच्न सक्छौ ।
१ पिट्युटरी ग्ल्याण्ड-हाम्रो मस्तिष्कको तल्लो भागमा पिट्युटरी ग्ल्याण्ड रहेको हुन्छ । ब्रेन ट्युमर भयो भने पिट्युटरी ग्ल्याण्ड सहित अप्रेशन गरेर निकालिन्छ । यो बिना हामी बाँच्न सक्छौ ।

२. टन्सिल- यो मुखभित्र बंगारा नजिकै रहेको हुन्छ । यदि यसको कारण मुखमा इन्फेक्सन भयो भने टन्सिललाई शरीरबाट अलग गर्नुपर्ने हुन्छ । जसले शरीरलाई कुनै असर गर्दैन ।

३. पाठ्यघर- पाठ्यघरको क्यान्सर लागेमा यसलाई अप्रेसन गरेर फालिन्छ । पाठ्यघर विना पनि महिला सजिलै बाँचिरहेका हुन्छन् ।

यस्तो भए हस्पिटल जान ढिला नगर्नुहोस्

४.किड्नी -हाम्रो शरीरको लागि किड्नी एकदमै महत्वपुर्ण हुन्छ । शरीरमा रहेका दुईवटा किड्नी मध्ये एउटा किड्नीले काम गर्न छोड्यो भने यसको अप्रेसन गरेर फालिन्छ । यो बिना पनि हामी सजिलै बाँच्न सक्छौ ।

मृगौलालाई खराब हुन नदिने १० सजिला उपाय

५. थाइर्वाइड ग्ल्याण्ड -थाइर्वाइड ग्ल्याण्डमा ट्युमर, ओभर वा अण्डर एक्टिभ भयो भने थाइर्वाइड ग्ल्याण्ड शरीरबाट निकालिन्छ ।

६. फोक्सो -कुनै गम्भिर रोग तथा क्यान्सर लागेमा फोक्सोको अप्रेसन गरेर निकालिन्छ । यसविना पनि हामी बाँच्न सक्छौ ।

हेर्नुस् चुरोट खाँदा फोक्सोमा के हुन्छ (भिडियो सहित)

७. ओभरी –महिलाको पाठ्यघरमा हुने ओभरीमा क्यान्सर वा गम्भिर रोग लाग्यो भने अप्रेसन गरेर शरीरबाट निकालिन्छ । र पनि महिलाले सामान्य जिवन बाँचिरहेका हुन्छन् ।

८. इयरलोव्स -यो एउटा मांशपेशी हो । यसले कान हल्लाउनमा मदत गर्दछ । हाम्रो शरीरलाई यसको खासै आवश्यकता पर्दैन ।

९. एपेन्डिक्स -यो हाम्रो शरीरभित्र रहेको ठुलो आन्द्रा हो । पत्थरी तथा अल्सर जस्ता रोग लागेमा यसलाई हाम्रो शरीरबाट निकालिन्छ । यो बिना पनि हामी सामान्य रुपमा बाँच्न सक्छौ ।

०. साइनस यो हाम्रो शरिरमा खासै महत्वपुर्ण मानिदैन । साइनसलाई शरिरबाट अलग गरियो भने पनि हामी बाँच्न सक्छौ ।