पेटको समस्याले दिन नै बर्बाद पार्छ। जङ्क फुड अनि खाना खाने नियमित समय ननिकल्दा यस्ता पेटका समस्याले पिरोल्छ। पेट दुख्ने, फुल्ने, ग्यास्ट्रिक बढ्ने, पातलो दिसा हुने, गोटा पर्ने अनि शरीरमा पानीको कमी हुने पेटको समस्याको संकेत हुन। पेटको समस्या हुँदा सफा अनि सामान्य खाना खानुपर्छ जुन सजिलै पचाउन सकियोस। यस्तो समय मासुका परिकार नखानुस्, शुद्ध शाकाहारी भोजन सबैभन्दा उपयुक्त हुन्छ।

पेट दुख्दा यी खानेकुरा खानुस्, आराम मिल्छः

पानी
पानी प्रशस्त पिउनु पेटको समस्या समधानको लागि सबैभन्दा उत्तम विकल्प हो। अझ पखाला लागेको वा गोटा परेको समय शरीरमा पानीको कमी भएको हुन्छ। प्रशस्त पानी पिउँदा शरीरमा हानीकारक तत्व बाहिर निस्कन्छन्।

नरिवल पानी
एक ग्लास नरिवल पानीले पेटको समस्यालाई निकै हदसम्म कम गर्छ। पखाला लाग्दा नरिवल पानीले तत्काल प्रभाव देखाउँछ। पोटासियम र सोडियम पाइने नरिवल पानीले शरीरको कार्यमा मद्दत पुर्याउँछ।

काँचो केरा
पेट दुखेको बेला प्रशस्त पोटासियम पाइने खानेकुरा निकै फलदायी हुन्छ। काँचो केरामा आइरन, फोलेट, फाइबर हुन्छ जसले पाचन क्रियामा सहयोग गर्छ। पेट शान्त पार्न काँचो केरा निकै लाभदायक मानिन्छ।

दही
पाचन प्रक्रियामा सहयोग गर्ने ब्याक्टेरियाको स्रोत हो दही। ग्यास्ट्रिक र पाचन समस्या हुँदा दही सबैभन्दा राम्रो मानिन्छ।

मेवा
मेवामा पापैन नामक इन्जाइम पाइन्छ। जसले पेटको एसिडिक वातावरण बढाएर पाचन प्रकियाको लागि तयार
राखिदिन्छ। यो इन्जाइमले पाचन क्रियामा सहयोग गर्छ र पेट सम्बन्धी समस्या कम गराउँछ।