यो वास्तवमा कुनै महत्वको विषय नहुनु पर्ने हो। चरम गर्मीमा, त्यो पनि खाडीमा स्कर्ट लगाएर हिड्नु कुन चै अनौठो कुरा हो र ?

 

तर स्कर्ट लगाएकी एक युवतीले सो  भिडियो सामाजिक सञ्जालमा शेयय गर्दा एउटा देश तरंगित बनेको छ। उक्त भिडियो भाइरल छ। कतिपयले ती युवतीलाई पक्राउ गर्न माग  गरेका छन्। त्यहाँको सरकार ती युवतीलाई खोज्न हात धोएर लागेको छ।  त्यो देश हो साउदी अरब।

 

धर्ममा निकै कट्टर देश साउदीमा महिलालाई स्कर्ट लगाउन र हात पाखुरा देखिने गरि लुगा लगाउन प्रतिबन्ध छ।

भिडियोमा देखिने साउदी महिला एक मोडल हुन् र उनको नाम खुलुद हो ।तर उनको भिडियोले अहिले यसरी तहल्ला मच्चायो कि साउदीका अधिकारीहरुको भिडियोको जाँच गर्दैछन्।

 

भिडियोमा देखिएकी  युवतीले घुँडा सम्म आउने स्कर्ट र छोटा बाहुला भएको शर्ट लगाएकी छन्।

मात्र ६ सेकेण्डको यो भिडियो पहिले स्न्यापच्याटमा अपलोड भएको थियो त्यसपछि यस भिडियो ट्विटरबाट भाइरल बनेको थियो।

 

यस भिडियोप्रति केहीले आपत्ती जनाएका छन् भने केहीले बहादुरीको संज्ञा दिएका छन्।

हेर्नुस भिडियो