एजेन्सी । पैसाले विश्वको जुनसुकै चीज किन्न सकिन्छ । यस्तो अवस्थामा यदि कोहीसँग अरबौँ, खरबौँ सम्पत्ति छ भने उसको बारे, उसको सौखको बारेमा जान्न मन लाग्छ । यस्तै जर्मनीकी एक युवती छिन्, जसको नाम एलेक्जेन्ड्रा एन्डरसन हो र उनी विश्वकै सबैभन्दा कम उमेरकी अरबपति महिला हुन् ।

alekjendra

२० बर्षीय एजेक्जेन्ड्र फोब्र्स पत्रिकाले विश्वका धनी व्यक्तिको सूचिमा राखेको छ । उनी १४७६औँ स्थानमा छिन्, तर उनीअघि कुनै पनि व्यक्ति एजेक्जेन्ड्राको उमेरका छैनन् । एजेक्जेन्ड्रका बुबा ‘जोहान एफ एन्डरसन’ले आफ्नो पारिवारिक कम्पनी फर्ड होल्डिंग्सको ४२ प्रतिशत सेयरको मालिक उनलाई बनाए, जसले गर्दा उनी सबैभन्दा कान्छी अरबपति बनिन् ।

alek

एजेक्जेन्ड्रालाई घोडा कुदाउँने निकै सोख छ । उनले धेरै पटक नर्वे च्याम्पियन र यूरोपियन च्याम्पियन जितिसकेकी छिन् । त्यस्तै, उनि सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । विषेशगरी इन्स्टाग्राममा आफ्नो तस्विरहरु पोस्ट गरिरहन्छिन् ।

एलेक्जेन्ड्रा निकै सुन्दर पनि छिन् । इन्स्टाग्राममा उनका धेरै फलोअर्स छन् । तर, उनको मन भने नर्वेका २५ बर्षीय मार्सल आर्टस प्रोफेसनल जोआचिम तोलेफ्सेनसँग छ ।

alex

१८१४ मा उनका हजुरबा जे.एल. टाइडमासले एक चुरोट कारखाना किनेका थिए । यही कारखानाबाट देशको सबैभन्दा उच्चस्तरको चुरोट कारखाना बनेको थियो । जुन अहिले विश्वभर प्रसिद्ध छ । तर, पछि यस कम्पनीलाई बेचेर अर्को कम्पनी सुरु गरियो । आज यो परिवारलाई विश्वकै धनी परिवारमा एक मानिन्छ ।

Alekjendra1

यो पनि पढ्नुस्
विश्वकी कान्छी अरबपतिको सम्पति ४ अर्ब ५० करोड डलर
सानो उमेरमै खरबपति बनेका यी ३ व्यक्ति
अरबपतिका बाथरुममा केके ? बाथटबनै हजार करोडको…