काठमाडौं ।

नेविसंघको राजनीति गर्दा पनि भोलिको कांग्रेस र देशकै नेतृत्व गर्न सक्ने नेतामा परिचित अनुहार हुन् गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरे र प्रदीप पौडेल । यी चार अनुहार नै १३ औं महाधिवेशनपछि कांग्रेसको केन्द्रीय सदस्य छन् । युवामाझ लोकप्रिय र भाषणकलाले जोसुकैलाई मन्त्रमुग्ध बनाउने थापाले १३ औं महाधिवेशनमा महामन्त्रीमा लडेर पुराना नेतालाई चुनौति मात्र दिएनन । युवा नेताहरु पनि अब नेतृत्वका लागि योग्य छन्, दाबेदार छन्, हस्तक्षेपकारी छन् भन्ने सन्देश दिए । यस्तै, अरु तीन युवा नेता शर्मा, घिमिरे, र पौडेल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुन पुगे ।

यति गरे गगन थापालाई रोक्न सक्ने कोही निस्कने छैनन्

कतिसम्म भने गुटगत जालोले जकेडिएको कांग्रेसमा प्रदीप पौडेल गुटमैं नपरीकन केन्द्रीय सदस्यमा जित्न पुगे । पौडेल २५ खुल्ला केन्द्रीय सदस्यमा जित्न पुगेका थिए ।
अर्का नेता शर्मा खुल्ला २५ मा जित्ने अर्का नेता हुन् । विश्वप्रकाश शर्मा । उनी देउवा गुटबाट चुनाव लड्न पुगे तर, मृदुभाषी र हरेक विषयमा ज्ञान राख्ने शर्माले पनि खुल्ला २५ मा आफूलाई जिताउन सफल भए ।

 हिजो देउवाले भाग खोजे, आज अर्को पक्षले भाग खोज्दै छ- गुरुराज घिमिरे

अर्का नेता घिमिरेले प्रदेश नम्बर १ बाट आफूलाई केन्द्रीय सदस्यमा जिताउन पुगे । १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा जित्ने गगन थापा मात्र थिए । तर, यसपटक थप तीन जना थपिएका छन् । गगनलाई भने महामन्त्रीमा हारेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

देउवाको एउटै धुन: जसरी पनि सत्ता !
फाइल तस्बिर

फाइल तस्बिर

गगन मन्त्री
जनताको लागि केही गर्नुपर्छ भन्ने विषयमा आफ्ना धारणा राख्दै आएका थापालाई प्रचण्ड नेतृत्वमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसमा धक्का दिनका लागि र जनताबीच लोकप्रिय हुनका लागि स्वास्थ्य क्षेत्रमा रचनात्मक काम गर्नैपर्ने चुनौति छ । थोरैमात्र राम्रो कामले पनि उनलाई धेरै परिचित र लोकप्रिय बनाउन सक्छ । साथै, लोकप्रियताको राप र तापमा थापाले कांग्रेस हल्लाउन सक्छन् । सामान्य जनसँग जोडिएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थापालाई दीर्घकालीन रुपमा उनीहरुको हितको लागि काम गर्ने स्वर्णिम अवसर छ । उनी आफैंले पनि आफू एउटामात्र काम गर्न नभई सगम्र स्वास्थ्य नीति नै सुधार गरी सुलभ र सहज रुपमा जनताले उपचार पाउन् भन्ने पक्षमा रहेकोले साही अनुसार काम गर्दै आएको बताउँदै आएका छन् ।

गोप्य सूचनाले तनाबमा भीम रावल

तीन जनालाई अवसरको खाँचो
थापालाई छोड्ने हो भने विश्वप्रकाश, प्रदीप र गुरुराज भने अहिलेसम्म पनि सांसद बन्न सकेका छैनन् । नेविसंघका यी तीनवटै अध्यक्षलाई प्रमुख पद चलाएको अनुभव छ तर, राज्यको तर्फबाट कुनै पद पाएर आफ्नो सीप, कौशललता प्रस्तुत गर्न पाएका छैनन् ।

मिठो बोल्ने, राम्रो ज्ञान भएका यी तीन नेताले उचित जिम्मेवारी र भूमिका पाउने हो भने कांग्रेसमा मात्र होइन सिंगो राजनीतिलाई यी नेताले प्रेरित गर्न सक्छन् । यसको लागि कांग्रेसको नेतृत्वले स्वार्थविना यी तीन नेतालाई अवसर दिनुपर्छ ।
pradip-paudel-guru-ghimire-bishwa-prakash-sharma-nc

किनकी नेविसंघका अध्यक्ष हुँदा यी नेताले भावी देशकै नेतृत् वगर्न सक्ने क्षमता देखाएका थिए । जनताको लागि केही गर्ने भोक देखाएका यी नेतालाई कांग्रेसले प्रभावकारी भूमिका दिनैपर्छ । जनताको पक्षमा काम गर्ने जोश, जाँगर, भोक देखाउने यी नेतलाई उचित जिम्मेवारी र र भुमिका दिन सके कांग्रेसले मात्रै फाइदा लिने छैन । यसको फाइदा सिंगो नेपाल र नेपालीले लिनेछन् । यी नेता भाषण मात्र गर्दैनन् कुनै पनि विषयमा समाधानका विषय प्रस्तुत गर्ने क्षमता राख्छन् र प्रस्तुत गर्छन् ।

बालुवाटारमा देउवाको खुलासाः संविधान संशोधन विधेयकमा एमालेले भोट हाल्छ

मानिसहरुलाई आशा देखाउने लोभलाग्दो भाषण त यी नेताहरु गर्छन् सँगै देश निर्माणको गोरेटे होइन राजमार्गकै नक्सा कोर्ने सीप र क्षमता यी नेतामा छ । तर, यसका लागि यी युवा नेताका माउ पार्टी बुढा नेतालाई मात्र होइन युवालाई पनि अवसर दिन तयार हुनुपर्छ । पार्टी र देशकै गरिमालाई उज्जल राख्न युवा नेता अघि बढ्छन् भने पार्टीले अलिकति पनि दायाँबायाँ नगरी यिनलाई अवसर दिनुपर्छ ।

प्रचण्ड, ओली र देउवा मिलेपछि मधेसी माेर्चा सकसमा