धर्म डेस्क ।

मानिस उसको कर्म अर्थात कामका आधारमा बाँचेको हुन्छ । कर्मले नै मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने जस्ता कुराको निर्धारण गर्छ ।

तपाइँ स्वर्ग जाने कि नर्क थाहा पाउनुस्

सबै धर्मले पाप गर्दा नर्कमा जाने उल्लेख छ । गरुण पुराणमा १० काम गर्ने ब्यक्ति अनिवार्यरुपमा नर्क जाने उल्लेख छ ।

१- नवजात शिशुको हत्या गर्ने
गरुण पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जाने उल्लेख छ । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।

narka-1

२- स्त्रीको अस्मितासँग खेल्ने
स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नरकगामी हुन्छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको गरुण पुराणमा उल्लेख छ ।

३- विश्वास घात
आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

narka-4

४- पुजा स्थलको अपमान
कुनै पनि पुजा भैरहेको स्थानलाई अपमान गर्नेलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । कुनै धार्मिक काम भैरहेको स्थललाई अपमान नगर्नुस् ।

narka

५- गरिव गुरुवा वा अपाङ्गहरुलाई आवश्यक पर्दा पनि सहयोग नगर्ने र उपेक्षा गर्नेहरु नरकमा पर्छन् । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ ।

६- घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि नर्कको बास हुन्छ । गरुण पुराण भन्छ घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।

मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण

७- आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्नेपनि घोर नरकमा पर्ने पुराणमा उल्लेख छ । अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।

८- आफ्नो सन्तुष्टिका लागि जनावरमाथि हिंसा गर्ने र बलि दिने पनि नर्कमा पुग्ने पुराणमा उल्लेख छ ।

if-animal-were-powerful-than-men-17

९- प्रकृतिलाई नोक्शानी गर्ने, रुख विरुवा काट्ने र जंगल वा जल विनाश गर्नेहरु पनि नर्क पुग्ने गरुण पुराणमा उल्लेख छ ।

शिवले पार्वतीलाई बताएका मृत्युका केही लक्षणहरू के-के ?

१०- पर पुरुषसँग सम्बन्ध राखेर आप्ना पतिलाई हेला गर्ने र दुःख दिने स्त्री पनि नरकमा पर्छन् ।

narka-2