धेरैजसो किड्नी (मृगौला) खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । गलत खान–पान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ । केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ ।

kidney kidney

१. छिटो–छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो–छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।

२. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ ।

३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।

५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ ।
६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।

७. मुख गनाउँने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।

८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ ।

९. वान्ता होला जस्तो महसुश – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ ।

१०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।

यो पनि पढ्नुस्:
मृगौला सम्बन्धी रोगका १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन
मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना
१० प्राकृतिक ‘ एन्टिबायोटिक’, जसले दिन्छ जीवनदान
विश्वकै दुर्लभ रोग: जसको शरिरमा हुँदैछ अर्को अस्थिपञ्जर विकास
के तपाईलाई निकै जाडो महशुस हुन्छ ? यसो गर्नुहोस्