प्रत्यके बर्ष भारतीय फिल्म उद्योगमा धमाकेदार फिल्म रिलिज हुने गर्छन् । जसलाई हामी विश्वभरिका दर्शकले पर्खिरहेका हुन्छन् । २०१७ सुरु भइसकेको छ, नयाँ फिल्मको रिलिज मिति तय गरिँदै छन् । त्यसमा पनि कुन–कुनले राम्रो गर्नेछन् भन्ने अगाडि नै अड्कलिन्छ । हेरौँ अपेक्षित ११ धूम मचाउने फिल्मबारे ।

१. ट्युबलाईट – सलमान खान अभिनित फिल्म ‘ट्युबलाईट’ आगामी ईदको अवसरमा रिलिज मिति तय गरिसकेको छ । यो फिल्ममा एक चिनियाँ सन्दरीसँग उनको प्रेम हुनेछ । कबीर खानको निर्देशन रहने फिल्ममा सलमान खान, झू झू र सोहेल मुख्य भूमिकामा रहेन छन् ।

यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट

२. २.० (टु पोइन्ट जेरो) – अभिनेता अक्षयकुमार खलनायकको भूमिकामा रहेको यो फिल्ममा रजनी कान्तको मुख्य भूमिका रहेन छ । एक शंकरद्धारा निर्देशित फिल्म आगामी अक्टोबरमा रिलिज हुनेछ ।

bahubali_2

३. बाहुबली–२ – व्यावसायिक सफल फिल्म ‘बाहुबली’ २०१५ मा रिलिज भएको थियो । अहिले दर्शकहरु यसको दोस्रो भाग ‘बाहुबली–२’को निकै पर्खाइमा छन् । यही अप्रिल २८ मा रिलिज हुने भनिएको बाहुबली–२ सफल हुने अनुमान लगाइएको छ ।

दंगलले बलिउड बक्स अफिसमा ४०० करोड कमाउने अनुमान, पहिलो दिन ओभरसिजमा ११ करोड कमाइ

४. जग्गा–जासुस – अनुराग बासुद्धारा निर्देशित यस फिल्म धेरै पटक रिलिज मिति सारिसकेको छ । आगामी अप्रिल–७ मा रिलिज मिति तय गरेको फिल्ममा क्याट्रिना कैफ र रनवीर कपूरको क्यामेस्ट्री हेर्न सकिने छ ।

raees-poster

५. रइस – शाहरुख खानद्धारा अभिनित फिल्म ‘रइस’ले २५ जनवारीलाई रिलिज मिति तय गरेको छ ।

६. काबिल – शाहरुखको रइस र काबिल एकसाथ रिलिज हुँदैछन् । ऋतिक रोशन अन्धो मान्छेको भूमिकामा रहेनछन् भने यमी गौतम, रोनिय राय लगायतको अभिनय छ ।

दिपिकाले अस्वीकार गरेकी सलमान, शाहरुख र अामिरका ब्लकबस्टर फिल्म

७. बद्रीनाथकी दुल्हनिया – करण जोहर निर्माता रहेको फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’को दोस्रो भाग हो । फिल्ममा वरुण धवन र आलियाको मुख्य भूमिका रहने छ । आगामी १० मार्चमा रिलिज हुनेछ ।

padmavati-movie-poster

८. पद्मावती – ‘बाजीराव मस्तानी’को व्यावसायिक सफलता पछि संजय लीला भंसालीले ‘पद्मावती’ ल्याउने भएका छन् । यस फिल्ममा दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंह मुख्य भूमिकामा रहनेछन् । नोभेम्बर १७ मा रिलिज हुनेछ ।

९. द रिंग – शाहरुख – अनुष्का शर्माको जोडी देख्न पाइने यस फिल्म ११ अगस्टमा रिलिज हुनेछ ।

कति लिन्छन् बलिउडका नायिकाले विज्ञापन खेले बापत? दिपिकाको पारिश्रमिक आश्चर्यजनक

१०. जोली एलएलबी २ – १० फेब्रुअरीमा रिलिज हुने यस फिल्म ‘जोली एलएलबी’को सिक्वेल हो । फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा छन् ।

११. टाइगर जिन्दा है – फेरि एक पटक सलमान खान र क्याट्रिना कैफको जोडी देख्न सकिने छ । ‘एक था टाइगर’को सिक्वेलको रुपमा आउने यो फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ ।

शाहरुखले तय गरे छोरीलाई डेट गर्ने केटाले अपनाउनुपर्ने ७ नियम