कुशल श्रेष्ठ

तपाईँको फ्रिजमा सायद थुप्रै वस्तुहरू हुन सक्छन्, जुन त्यहाँ नहुनुपर्नेथ्यो। त्यस्ता वस्तुहरूलाई त्यहाँबाट हटाउनुभयो भने फ्रिजमा राख्न हुने अन्य वस्तुको लागि खाली ठाउँ बनाउन सक्नुहुन्छ। फेरि कतिपय यस्ता वस्तुहरू हुन्छन्, विशेष गरी खाद्यपदार्थहरू, जुनलाई फ्रिजमा राख्दा हानिकारक हुन सक्छ, जस्तै; गोलभेँडा। यस्ता संवेदनशील खाद्यपदार्थ लगायत अन्य वस्तुहरूलाई कोठाको सामान्य तापक्रममै राख्दा उचित हुन्छ।16 Things You Don't Need To Keep Inside Fridge

त्यसैले निम्न १६ वस्तुहरू तपाईँको फ्रिजमा छ या छैन ध्यान दिएर हेर्नुहोस् र छ भने तुरुन्तै हटाउनुहोस्:-

१. सस वा केचअपको बिर्को खोलिसकेपछि पनि ३ वर्षसम्म ताजा नै बसिरहन्छ, जसको लागि फ्रिजको आवश्यकता नै पर्दैन।

२. आलुलाई कागजको कार्टूनमा राख्दा सबैभन्दा उचित हुन्छ, किनभने यसलाई ओसिलो ठाउँ चाहिन्छ। फ्रिजमा राख्दा आलुको स्वाद विचित्रको हुन जान्छ र चाँडै कुहिन थाल्छ।

३. प्याँजलाई सुक्खा तर हावा आउने ठाउँमा राख्नुपर्दछ। तर आलुसँगै प्याँजलाई कहिल्यै नराख्नुहोस्, किनकी प्याँजबाट निस्कने सल्फर ग्याँसले आलुलाई चाँडै कुहाउँदछ।

४. प्याँज जस्तै लसुनलाई पनि सुक्खा तर हावा आउने ठाउँमा राख्नुपर्दछ।

५. तुलसीको पातले फ्रिजको गन्धलाई चाँडै टिप्दछ, त्यसैले यसलाई फ्रिजमा भन्दा पानीको गिलासमा राख्नु उचित हुन्छ (फूल जस्तै)। तुलसी लगायत अन्य जडिबुटीलाई पनि कहिल्यै फ्रिजमा नराख्नुहोला।

६. अवोकाडो पाकेन? फ्रिजमा राखेपछि कसरी पाक्छ त? काँचो अवोकाडोलाई चाँडै पकाउन चाहनुहुन्छ भने कागजको कार्टूनभित्र थुनेर राख्नुहोस्। अझै त्यसमा एउटा कोसा केरा अथवा एउटा स्याउ राख्नुभयो भने पाक्ने प्रक्रियामा गति आउँदछ।

७. स्ट्रबेरी, अङ्गुर जस्ता बेरीयुक्त फलफूललाई फ्रिजमा राख्दा बढि ओसिलोको कारण चाँडै कुहिन थाल्दछ। यसलाई सामान्य तापक्रममै राख्दा उचित हुन्छ।

८. पाउरोटीलाई कोठाको सामान्य तापक्रममा प्लास्टिकको थैलीमा हावा नछिर्ने गरी राख्नु जाति हुन्छ। फ्रिजभित्र पाउरोटी राख्दा चाँडै बासी हुन थाल्छ र गन्हाउन थाल्छ।

९. सायद तपाईँले ब्याट्रीलाई फ्रिजमा राख्दा धेरै समयसम्म टिक्छ भन्ने किंबदन्ती सुन्नुभएको होला, तर त्यो गलत हो। अधिक चीसोले झन् यसको आयु घटाउने काम गर्दछ।

१०. फ्रिजभित्र गोलभेँडा राख्नु भनेको मूर्खतासिवाय अरू केहि होइन, किनभने फ्रिजको गन्ध गोलभेँडाको पातलो झिल्लीबाट भित्र छिरी त्यसको स्वाद नै बिगारिदिन्छ। त्यसैले यसलाई ओसिलो ठाउँमा एउटा भाँडामा राख्दा नै उचित हुन्छ।

(पिठो मुछेर फ्रिजमा राख्नु किन हुँदैनः यस्ताछन् धार्मिक कारण)

११. कफीलाई फ्रिज भित्र होइन, फ्रिज बाहिर नै हावा नछिर्नेगरी सुक्खा ठाउँमा बन्द गरेर राख्नुपर्छ। सिसाको डिब्बामा राख्दा सबैभन्दा उचित हुन्छ।

१२. प्याकेटको फ्रूट जुसलाई अधिक चीसो त्यति राम्रो हुँदैन, बरु यसलाई ओसिलो अनि हावा आउने ठाउँमा राख्दा राम्रो हुन्छ।

१३. मह यस्तो वस्तु हो, जुन कहिल्यै बिग्रिँदैन, बासी पनि हुँदैन त्यसैले यसलाई फ्रिजको के आवश्यकता?

१४. नकाटेको सिङ्गो खर्बुजालाई फ्रिजमा भन्दा ओसिलो ठाउँमा राखेकै जाति हुन्छ।

१५. काँचो केरालाई हावा नछिर्ने गरी गुम्स्याएर राख्दा चाँडै पाक्छ, फ्रिजभित्र राख्नुहुँदैन। तर पाकेको केरालाई भने अझ बढि पाक्न नदिन फ्रिजभित्र राख्नु जाति हुन्छ।

१६. खाना पकाउने तेललाई किचेन दराजमा राख्ने हो फ्रिजमा होइन। तर बदामको तेललाई भने बाहिर राख्दा गन्हाउने सम्भावना बढि हुन्छ।

यो पनि हेर्नुहोस्‍-
बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस
यी खाना भुलेर पनि फ्रिजमा नराख्नुस्
दोश्रो पटक तताउन नहुने ५ खाना
मानिसको जिब्रोमा हुने छैठौँ स्वाद
ट बढेर टेन्सन भो ? यसरी पकाउनु भात