वर्तमानमा गरिएको कामले भविष्यमा फल दिन्छ । त्यसैकारण अहिले गल्ति गर्नु भएन भने भविष्यमा पछुताउनु पर्दैन । गरुण पुराणका अनुसार कुनै पनि कामको प्रभाव भविष्यमा परेकै हुन्छ । त्यसैले अहिले गरेका शुभकामले भविष्यमा हुने अशुभ समेत टार्ने सम्भावना हुन्छ ।

जीवनमा यी ४ काम गर्नुस् भविष्यमा सँधै राम्रो हुन्छ

१ फोहोर कपडा नलगाउनुस्
गरुण पुराणका अनुसार फोहोर कपडा लगाउनु भनेको आफ्नो सौभाग्य मेटाउनु बराबर हो । धनी ब्यक्ति नै भएपनि फोहोर कपडा लगाउनेहरुको धन छिट्टै नाश हुने गरुण पुराणमा उल्लेख छ । धनकी देवी लक्ष्मीलाई फोहोर मन नपर्ने भएका कारण फोहोर कपडा लगाउने ब्यक्तिसँग पैसाको सँधै अभाव हुन्छ । सके सम्म सफा र सुगन्धित कपडा लगाउँदा तपाइँको ब्यक्तित्व समेत चम्किन्छ ।

२ शत्रुसँग सावधान रहनुस्

तपाइँको प्रगतिमा खुसी हुने भन्दा जल्नेको संख्या दोब्बर भन्दा बढी हुन्छ । सँधै शतर्क रहनुस् तपाइँलाई शत्रु लाग्न बेर नै लाग्दैन । कुनै पनि सम्भावित धोकेबाजसँग सँधै सचेत भएर चतुरतापूर्ण ब्यवहार प्रदर्शन गर्नुस् । नत्र भविष्यमा पछुताउनुको मात्र विकल्प रहन सक्छ ।

girl thinking

 

३ सन्तुलित भोजन गर्नुस्

जीवन यापनमा आहार र विहारको सबैभन्दा ठूलो महत्व छ । जीवनमा तपाइँले के खाइरहनु भएको छ भन्ने कुराले तपाइँको ब्यवहार र ब्यक्तित्व समेत प्रभावित हुन्छ । सँधै सन्तुलित भोजन गर्नुस् । मादक पदार्थबाट सके सम्म बँच्नुस् । सजिलै पच्ने र उर्जा दिने खाना खानु बुद्धीमानीपूर्ण हुन्छ ।

food with hand

 

४ सँधै अपडेट रहनुस्

जमाना नयाँ छ र द्रुत पनि छ । कुनै पनि कुराबाट छुट्नु भो भने पछि पर्ने निश्चित छ । तपाइँले पढिरहेका विषय पनि केही समय हेर्न छोड्नु भो भने विर्सिने हुन्छ । तसर्थ सँधै अपडेट रहनुस् । अंग्रेजीमा भनाइ नै छ प्राक्टिस मेक्स पर्फेक्ट अर्थात अभ्यासले नै ओस्ताद बनाउँछ ।

Books

 

 

यो पनि हेर्नुस्
यी कुरा जीवनमा कसैलाई पनि नभन्नुस् जीवन धरापमा पर्न सक्छ 
झगडा भए पनि भन्न नहुने ७ कुरा 
यो कुराले दिन्छ जीवनमा सफलता