कुशल श्रेष्ठ

जतिसुकै कम खाएपनि निरन्तर तौल बढ्ने समस्याले धेरैलाई पिरोलिरहेको हुन्छ। तर के कम खाएर तौल घट्ने अनि धेरै खाएर बढ्ने हो र?

हेर्नुहोस्, शरीरमा बोसो बढ्नुका थुप्रै कारणहरू हुन्छन्। स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि ‘तनाव’को कारण पनि अधिकांशको तौल बढ्ने गर्दछ। अचम्म लाग्छ हैन? तर यो कुरा सही हो। तनाव र थकानको बेलामा मानिसहरूले जानीनजानी यति धेरै खानेकुराहरू खान्छन्, जसमा हानिकारक क्यालोरी र चिल्लो पदार्थ हुन्छ। यसलाई चिकित्सकहरू ‘स्ट्रेस इटिङ्ग’ (Stress Eating) को संज्ञा दिन्छन्।dont-get-stressed-get-dessert-uploaded-to-flickr-public-files-by-ichabodhides

हाम्रो सानो-सानो गलत बानीले गर्दा शरीरमा बोसोको मात्रा बढ्दै जान्छ। यस्ता ५ गलत बानीहरूको बारेमा जानौँः
१. कोल्ड ड्रिङ्क्स

सफ्ट कोल्ड ड्रिङ्क्सको उत्पादन गर्नेबेला त्यसमा कति धेरै गुलियो पदार्थ प्रयोग गरिन्छ भनेर तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। साथै यस्ता कार्बोनेटेड ड्रिङ्क्समा विभिन्न किसिमका हानिकारक रसायन पनि मिसाइएको हुन्छ, जसले हाम्रो शरीरको प्राकृतिक प्रणालीमा खलबल मच्चाउँछ। त्यसैले यदि तपाईँको कोल्ड ड्रिङ्क्स नियमित पिउने बानी छ भने, तपाईँ आफ्नो तौल घटाउन जतिसुकै प्रयास गर्नुस्, असफल बन्नुहुन्छ।kid_drinking_soda_shutterstock

२. सुत्ने समयमा अनियमितता

तपाईँलाई थाहा छ कि छैन? सामान्यभन्दा धेरै सुत्ने बानी अनि सामान्य भन्दा थोरै सुत्ने बानीले पनि मोटोपनालाई निमन्त्रणा गरिरहेको हुन्छ। ७ देखि ८ घण्टाको समय भनेको सुत्नको लागि उचित समय हो।

(धेरै सुत्ने बानीले निम्त्याउने ६ समस्या)
(कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा !)
(मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्)
३. खाने समयमा अनियमितता

जसरी सुत्ने पनि उचित समय हुन्छ, त्यसरी नै खाना खानको लागि उचित समय हुन्छ। विहान उठेपछिको खाजा, विहानको खाना, दिउँसोको खाजा अनि रातिको खाना खाने समयमा अनियमितता आउन थाल्यो भने जान्नुहोस् कि तपाईँको तौलमा पनि अनियमितता आउन थाल्छ।

(खाना खाने उचित समय)
४. टिभी हेर्दै खाना खाने

टिभीबाट हाम्रो शरीरको लागि हानिकारक विकिरणहरू निस्कन्छन्, जसले हाम्रो पाचनप्रक्रियामा प्रत्यक्ष असर पुर्याउँदछ। त्यसैले टिभी हेर्दै खाना खाने बानी छ भने तपाईँको तौलमा पनि अनियमितता आउँछ भनेर जान्नुहोस्।eating+while+watching+TV

५. पानी कम पिउने

हामीले खाएका खानालाई पचाएर, त्यसबाट चाहिने पौष्टिक तत्वहरू सोस्ने अनि नचाहिने तत्वलाई छान्ने कामको लागि पर्याप्त पानीको जरुरत पर्दछ। त्यसैले दिनमा चाहिनेभन्दा कम पानी पिउने तपाईँको बानी छ भने आजैदेखि त्यो बानीलाई परिवर्तन गर्नुहोस्। प्रशस्त पानी पिउनुहोस्।

(खाना खानासाथ यस कारण पिउनु हुँदैन पानी)
(पानी नपिउँदा पनि शरीरमा पानीको कमी हुन नदिने ९ खाने कुरा (तस्विर सहित))
(यी १० अवस्थामा कहिल्यै नपिउनुस् पानी)
(पानी पिउँदा सँधै बसेर पिउनुस्)

तपाईँका यी गलत बानीले गर्दा मोटोपना भैहाल्यो। तर फेरि तपाईँको बोसोलाई घटाउनै मिल्दैन भन्ने पनि होइन। मोटोपना घटाउने थुप्रै उपायहरू छन्। जस्तै;