सरसफाइको विषयमा केटीहरुले जति ध्यान दिन्छन् केटाहरुले त्यति दिँदैनन् । तर यसकै कारणले कैयौं केटाहरुलाई केटीले मन पराउँदैनन् भन्ने ख्याल चाँहि गर्दैनन् । के के कुरा गर्ने पुरुषलाई केटीले मन पराउँदैनन् थाहा पाइ राख्नुस्ः
१ दारीः
दारी बढाएर लुक बदल्न चाहने केटाहरुप्रति केटी खासै आकर्षित हुँदैनन् । दारी बढाउने झुस्स देखिने केटालाई केटी नजिक हुन कठिन पर्छ । नियमित शेभिङ गर्ने वा चिट्ट भएर हिँड्ने केटा नै केटीलाई बढी मन पर्छ ।

men with beard

२ बिना क्रिम शेभिङ गर्नेः
क्रिम नलगाइ दारी काट्दा हाम्रो छालामा असर गर्छ । दारी छुट्ने समस्या पनि बढि हुन्छ । यसरी लापरवाही दारी काट्ने र छाला नै असर पर्ने गरी दारी काट्ने पुरुष पनि केटीलाई मन पर्दैन । दारी काट्नु अघि र काटिसकेपछि क्रिम लगाउने गर्नुस् ।

३ कान र नाकमा रौं:
पुरुषहरु आफ्नो कानमा र नाकामा आउने रौंको खासै प्रभाव गर्दैनन् । यसले स्वास्थ्यमा राम्रो गरेपनि लुकमा भने प्रभाव पार्छ । कानमा वा नाकमा लामो रौं लिएर हिँड्ने पुरुषलाई केटीहरु मन पराउँदैनन् । समय समयमा नाक र कानका रौं काट्ने गर्नुस् ।

men with beard 2

४ चायाँ:
कपालभरी झ्याउअ देखिने गरी हिँड्ने केटाप्रति केटीहरु आकर्षित हुँदैनन् । केटाहरुले यस्ता कुरामा ख्याल नगरेको केटीलाई चाहि मन पर्दैन । सके सम्म सेम्पु प्रयोग गरेर कपाल नुहाउने गर्नुस् ।
५ फुलेको कपालः
यदि तपाइँको कपाल फुलेको छ भने उँखेलेर समाधान नखोज्नुस् । बरु त्यसमा कलर गर्नु राम्रो हुन्छ । कपाल फुलेको बेला उँखेल्दा त्यस वरी परिको कपाल पनि प्रभावित हुन्छ र नराम्रो असर गर्छ । झुस्स कपाल विग्रेका केटा केटीलाई मन पर्दैन ।
६ लामा लामा नङः
केटाहरु सामान्यतया नङ नियमित काट्दैनन् । नङ बढेको केटाहरुलाई खासै वास्ता हुँदैनन् । तर लामा र फोहोर नङ बोकेर हिँड्ने केटा केटीहरुलाई मन पर्दैन् । सके सम्म नङ सफा राखेर हिँड्नुस् ।

यी हुन् केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्द

केटीलाई पटक्कै मन नपर्ने केटाका १० बानी

गर्लफ्रेण्ड बनाउने हो ? यी ५ कुरा गर्नुस्