भनिन्छ केटीहरु आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् ।

तर कतिपय अवस्थामा पुरुषहरुले महिलालाई के भन्दा प्रशंसा हुन्छ भनेर बुझ्दैनन् । यहाँ पुरुषले महिलालाई भन्नै नहुने ६ कुराको चर्चा गरिएको छ ।

तिमी एक दम जवान देखिएको छौं

तपाइँले आफ्नी प्रेमिका वा पत्निलाई कस्तो जवान देखिएको भनेर कहिल्यै पनि प्रशंसा नगर्नुस् । तपाइँले प्रशंसा भन्ने ठानेको यो भनाइ स्त्रीका लागि विझाउँछ । महिलाहरुलाई आफू जवान देखिने कुरा सामान्य लाग्छ । यदि कसैले जवान देखिएको भन्यो भने बरु उनीहरुलाई बुढो देखिएर भन्या जस्तो लाग्ने विज्ञहरु बताउँछन् ।

तिमी हाँस्दा राम्री देखिन्छौं

कुनै पनि स्त्रीलाई तिमी हाँस्दा राम्री देखिन्छौ भनेर प्रशंसा गर्ने भूल नगर्नुस् । खासमा स्त्रीहरुलाई तिमी हाँस्दा राम्री देखिन्छौ भन्यो भने अरुबेला नराम्रो देखिने भन्ने अर्थ लगाउँछन् ।

तिम्रो ब्यक्तित्व मन पर्छ

कुनै पनि स्त्रीलाई तिम्रो ब्यक्तित्व कस्तो राम्रो मलाई मन पर्छ नभन्नुस् । महिलालाई तिम्रो ब्यक्तित्व राम्रो छ भन्दा बढी तिमी सुन्दर छौ तिमी आकर्षक छौ भनेको सुन्न मन पर्छ ।

तिमी अरु भन्दा फरक छौ

कुनै पनि स्त्रीलाई तिमी अरु भन्दा फरक छौ भनेको सुन्न मन पर्दैन । अझ मैले संगत गरेको अरु महिला भन्दा तिमी फरक भनेको त स्त्रीहरु सुन्न पनि चाँहदैनन् ।

तिमीलाई केही आउँदैन

महिलाहरुलाई तिमीले जान्दैनौं । तिमीलाई केही आउँदैन भनेको सुन्न पनि मन पर्दैन । यसो भन्दा उनीहरुले तपाइँलाई प्रेमी भन्दा बढी दाइ वा बाबु जस्तो ब्यवहार गरेको ठान्छन् । महिलाहरुलाई नजानेको कुरा सिकाउनुस् तर तिमीलाई यो आउँदैन उ आउँदैन कहिल्यै पनि नभन्नुस् ।

तिमी स्मार्ट महिला हो

तपाइँले कुनै पनि स्त्रीलाई तिमी महिला भएपनि स्मार्ट छेउ भन्ने जस्तो टिप्पणी गर्नु भो भने गलत गर्नु भो । यसबाट तपाइँमा भएको पुरुषवादी अहंकार बाहिर आएको लाग्छ महिलालाई । उनीहरुले महिलाहरु स्मार्ट हुँदैनन् तर तिमी छौ भन्ने बुझ्नु खतरनाक हुन्छ तपाइँको लागि ।