भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।

नीति श्लोक भन्छः

देवे तीर्थे द्विजे मंत्रे दैवज्ञे भेषजे गुरौ।
याद्रशी भावना यस्य सिद्धिर्भवति ताद्रशी

१ तीर्थः
तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ । यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् । तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।

7 things not to doubt

२ मन्त्रः
देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।

३ ब्राम्हणः
शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।

7 things not to doubt 1

४ ज्योतिषीः
कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन । यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने श्रद्धापूर्वक जानुस् । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ ।

५ चिकित्सकः
भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।

६ गुरुः
जीवनमा सफलता पाउनका लागि गुरुको आवश्यकता हुन्छ । गुरुलाई संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ । श्रेष्ठ गुरु पाउन कठिन छ । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने सँधै विश्वास गर्नुस् ।

७ देवताः
देवताको विषयमा मनिसका अनेक अनेक सोंच हुन्छन् । तर कहिले काँहि आफूले सोंचेको कुरा नहुँदा र आपत विपद आइपर्दा मानिसहर देवता नभएको भन्ने गर्छन् । तर देवताप्रति अविश्वास पनि पाप मानिएको छ । किन भने आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ ।
तसर्थ माथि उल्लेख गरिएका यी ७ कुरामा कहिल्यै पनि अविश्वास नगर्नुस् ।

खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम

दिमागमा राख्नुस् यी १२ कुराः कहिल्यै अशान्ती हुँदैन

मन परेको मान्छेसँग कहिल्यै नगर्नुस् यी ३ काम