दिनेश आचार्य  ।
४ साउन, युएई ।
लामो समयको कसरतपछि अन्तत: युएईमा सामाजिक काम गर्न पाउनेगरी हामी नेपाली एसोसियसन नामको सामाजिक संस्था दर्ता भएको छ ।

झण्डै ३ दशक देखि नेपालीहरुले युएईमा सामुहिक रुपमा सामाजिक कृयाकलाप संचालन गर्दै आइरहेको भएतापनि, कानुनी रुपमा सबै कृयाकलाप अबैधानिक मानिन्थे । आन्तरिक बिधान बनाएर अनौपचारिक रुपमा अनुमानित रुपमा १०० भन्दा बढी संस्था संचालन भइरहेको भएपनि युएइको कानुन अनुसार सबै गैर कानुनी मानिन्छन् ।

पछिल्लो समय युएइ सरकारले अनौपचारिक तवरले कृयाकलाप नगर्न सुचना जारी गरे पस्चात प्रसाशनले निगरानी बढाएको थियो । संस्था तर्ता बिना कृयाकलाप गर्न खतरा बढ्दै गएपछी एनआरएन युएई, नेपाली समाज युएइ लगाएतका केही संघसंस्थाहरुले कानुनी रुपमै संस्था दर्ता गराउन प्रकृया बढाइरहेको बताउदै आइरहेको थिए ।

लामो समय सम्म पनि कानुनि रुपमा कुनैपनि संस्था दर्ता हुन नसकिरहेको अबस्थामा डिडिए ग्रुप का प्रबन्धक डा. दिनेश आचार्यको सकृयतामा हामी नेपाली एसोसियसन दर्ता हुन सकेको हो ।

पहिलो पटक नेपालीहरुको सोसियल क्लब दर्ता गराउन पहल गरेकोमा युएइ बासी नेपालीहरुले डा. दिनेश आचार्यलाई मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् । साथै युएइमा रहेका अन्य (दर्ता नभएका) संस्थाका प्रमुखहरु संग भोली १९ जुलाइ बुधबार बेलुकी ६:३० मा सुझाप संकलन कार्यक्रम आयोजना पनि गरेको छ ।