९ साउन,काठमाडौं ।  भारत र चीनबीच लगातार तनाव बढ्दो छ। दुइ भीमकाय छिमेकीको दन्द्धमा नेपाल जस्ता साना देश पिसिने संभावना उत्तिकै रहन्छ।

दुइ देशबीच युद्ध भइहाले नेपालले के गर्छ ? नेपालले कुनै देशको पक्ष लिनु हुन्छ ? नेपाल कति समयसम्म निरपेक्ष बस्न सक्छ ? यस्ता कयौं अनुत्तरित प्रश्न आम नेपालीमा छ । के यस्तो बिन्दु आउनेछ जतिबेला नेपालले कुनै एक देशको पक्ष लिनु पर्नेछ ?

 

भूराजनैतिक उतारचढावले परिस्थिति पनि फेरिदै जान सक्छ। यसै सेरोफेरोमा रहेर नेपाली हेडलाइन्सले परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीसंग सम्पर्क गरेको थियो।

 

भारतीय उपमहाद्धिप, चीन देखी पश्चिमेली राजनीतिका नालिबेली जान्ने र विश्लेषण गर्न सक्ने सुवेदीले यसका विषयमा गहिरिएर विश्लेषण गरे।

 

उनि भन्छन्, अमेरिकाले नचाहेसम्म चीन र भारतबीच युद्ध हुनै सक्दैन । भारतको चाहनाले मात्र युद्धको सम्भावना छैन । मलेक्का स्टेटमा चीन बढी इंगेज भयो । त्यसको काउन्टर हो दोक्लाम । गोर्खाल्याण्डसँग पनि जोडन खोजिएको छ ।

 

सुवेदीले थप्छन्, सैन्य शक्तिका हिसावले भारत चौथो हो। सैन्य शक्तिमा सबैभन्दा बलियो अमेरिका हो त्यसपछि रुस , चिन अनि   भारत त रहेको छ।

 

भारत र चीनको संभावित यु्द्धले नेपालले ठुलो असर गर्ने भन्दै सुवेदीको सनसनीपुर्ण टिप्पणी छ- यहाँ भारत विरोधी नेपाली बढि छन्।। एउटा क्रिकेट हुँदा त नेपालीले विरोध गर्छन । भारत विरुद्ध एक किसिमको आम पागलपन छ नेपालीमा । युद्ध हुँदा यसले नेपाललाई दिर्घकालिन रुपमा असर गर्छ । हामीले चीन भन्दा भारतको कन्फिडेन्स जित्नु पर्छ । यदि हामी चीनको पक्ष लिन्छौं भने त्यसले नेपालको हित गर्दैन । क्रिकेट जस्तो होइन युद्ध । नेपालले चीनले नराम्रो नै गरेपनि विरोध गर्न सक्दैनौं । मोदीको त उस्कै अगाडि हामी पुत्ला जलाउन पनि सक्छौं ।