२८ जेठ, काठमाडौं ।
बहुप्रतिक्षित युरोकपको १५ औं आजबाट सुरु हुँदैछ । फ्रान्समा हुने उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियाको सामना गर्नेछ । २००८ कै युरोकपमा रोमानियले लिग चरणकै खेलमा फान्सलाई गोलरहित बराबरीमा रोकेको थियो । यसपटकको युरोकपमा २४ राष्ट्र सहभागी छन् । यिनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

टिमले हार्दा लुइस सुवारेजले अर्को हर्कत (फोटो फिचर)

पहिलो खेल नेपाली समय अनुसार आज राती १२:४५ बजे सुरु हुनेछ । यसपटक समूह डीलाई ग्रुप अफ डेथ समूह भनिएको छ । यो समूहमा साविक विजेता स्पेन, चेक रिपब्लिक, क्रोएसिया र टर्की छन् । खेलेका फाइनल जुलाई १० अर्थात असार २६ गते हुनेछ ।

Euro cup 2016

पूर्व विजेता जो अभागी भए
युरोकपका तीन पूर्व विजेता नेदरल्याण्ड, ग्रीस र डेनमार्क भने यसपटक युरोकपमा छानिन नै असफल हुन पुगे ।

 

ब्राजिलले जर्मनीसँगको हारको बदला हैटीसँग लियो

 

पाँच राष्ट्रको डेब्यु
यसपटक ५ राष्ट्रले पहिलोपटक युरोकपमा खेल्दैछन् । अल्बानिया, आइसल्याण्ड, उत्तरी आयरल्याण्ड, स्लोभाकिया र वेल्स युरोमा नयाँ देश हुन् ।

जर्मनी सबैभन्दा धेरै सहभागी, ९ देशले युरोकप जिते
विश्वविजेता जर्मनी युरोकपमा सबैभन्दा धेरैपटक अर्थात ११ औं पटक सहभागी भएको छ । जर्मनीपछि स्पेन ९, इङल्याण्ड र फ्रान्स ८÷८ पटक सहभागी भएका छन् । जर्मनी र स्पेनले ३÷३ पटक र फ्रान्सले २ पटक युरोकप जितेका छन् । जर्मनी ३ नै पटक उपविजेता पनि भएको छ । सोभियत युनियन, इटाली, चेक रिपब्लिक, नेदरल्याण्ड, डेनमार्क, ग्रिसले एकएक पटक युरोकप जितेका छन् ।

 

Euro cup 2016 1

नेपाली समय अनुसार युरो कपको खेल तालिका

समूह ए
जेठ २८ फ्रान्सविरुद्ध रोमानिया राती १२:४५ बजे
जेठ २९ अल्वानियाविरुद्ध स्विट्जरल्याण्ड बेलुका ५:४५ बजे
असार १ रोमानियाविरुद्ध स्वीटजरल्याण्ड राती ९:४५ बजे
असार १ फ्रान्सविरुद्ध अल्वानिया राती १२:४५ बजे
असार ५ रोमानियाविरुद्ध अल्वानिया राती १२:४५ बजे
असार ५ स्वीटजरल्याण्डविरुद्ध फ्रान्स राती १२:४५ बजे

समूह बी
जेठ २९ वेल्सविरुद्ध स्लोभाकिया राती ९:४५ बजे
जेठ २९ इंगल्याण्डविरुद्ध रुस राती १२:४५ बजे
असार १ रुसविरुद्ध स्लोभाकिया बेलुका ६:४५ बजे
असार २ इंगल्याण्डविरुद्ध वेल्स बेलुका ६:४५ बजे
असार ६ रुसविरुद्ध वेल्स राती १२:४५ बजे
असार ६ स्लोभाकियाविरुद्ध इंगल्याण्ड राती १२:४५ बजे

समूह सी
जेठ ३० पोल्याण्डविरुद्ध उत्तरी आयरल्याण्ड राती ९:४५ बजे
जेठ ३० जर्मनीविरुद्ध युक्रेन राती १२:४५ बजे
असार २ युक्रेनविरुद्ध उत्तरी आयरल्याण्ड राती ९:४५ बजे
असार २ जर्मनीविरुद्ध पोल्याण्ड राती १२:४५ बजे
असार ७ युक्रेनविरुद्ध पोल्याण्ड राती ९:४५ बजे
असार ७ उत्तरी आयरल्याण्डविरुद्ध जर्मनी राती ९:४५ बजे
समूह डी
जेठ ३० टर्कीविरुद्ध क्रोएसिया बेलुका ६:४५ बजे
जेठ ३१ स्पेनविरुद्ध चेक गणतन्त्र बेलुका ६:४५ बजे
असार ३ चेक गणतन्त्रविरुद्ध क्रोएसिया राती ९:४५ बजे
असार ३ स्पेनविरुद्ध टर्की राती १२:४५ बजे
असार ७ चेक गणतन्त्रविरुद्ध टर्की राती १२:४५ बजे
असार ७ क्रोएसियाविरुद्ध स्पेन राती १२:४५ बजे
समूह ई
जेठ ३१ आयरल्याण्डविरुद्ध स्वीडेन राती ९:४५ बजे
जेठ ३१ बेल्जियमविरुद्ध इटली राती १२:४५ बजे
असार ३ इटलीविरुद्ध स्विडेन बेलुका ६:४५ बजे
असार ४ बेल्जियमविरुद्ध आयरल्याण्ड बेलुका ६:४५ बजे
असार ८ इटलीविरुद्ध आयरल्याण्ड राती १२:४५ बजे
असार ८ स्विडेनविरुद्ध बेल्जियम राती १२:४५ बजे
समूह एफ
जेठ ३२ अष्ट्रियाविरुद्ध हंगेरी राती ९:४५ बजे
जेठ ३२ पोर्चुगलविरुद्ध आइसल्याण्ड राती १२:४५ बजे
असार ४ आइसल्याण्डविरुद्ध हंगेरी राती ९:४५ बजे
असार ४ पोर्चुगलविरुद्ध अष्ट्रिया राती १२:४५ बजे
असार ८ आइसल्याण्डविरुद्ध अष्ट्रिया राती ९:४५ बजे
असार ८ हंगेरीविरुद्ध पोर्चुगल राती ९:४५ बजे

Euro cup 2016 schedule

सबैभन्दा बढी कोपा जितेको उरुग्वे बाहिरियो